News 24 Television
प्रगति महिला समूहबाट सरकारकाे उद्धार कोषमा १ लाख १ हजार सहयोग

चितवन । २०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीमा परेका ब्याक्तिहरूको खोज,उद्धार राहत ब्यबस्थापन गर्नका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भरतपूर महानगरपालिका वडा नं. ४ शिव पंचायन टोल बिकास संस्थाको वडामा पहिलो सूचिकृत प्रगति महिला समूहबाट रू १,०१,०००/ (अक्षेरूपी एक लाख एक हजार )सहयोग गरेको छ। सामाजिक सङ्घसंस्थाको मानवीय मूल्यमान्यता  र सामाजिक उत्तरदायित्व  निर्वाह गर्नुपर्ने कार्य अनुसार यो सहयोग गरेको संस्थाको अध्यक्ष लक्ष्मी नारायणी कडेलले बताउनुभयो।

उक्त महिला समूहको अध्यक्ष एवं भरतपुर महानगर वडा नम्बर 4 को महिला सञ्जाल उपाध्यक्ष सामाजिक व्यक्तित्व लक्ष्मी नारायणी कडेलले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवं  शोक सन्तप्त परीवारजन एवं पीडित आफन्तहरूप्रति हार्दिक समवेदनाका साथै घाईतेहरूप्रति शिघ्र स्वास्थ्यलाभको कामना गर्दै एक विज्ञप्ति जारी गरेर सहानुभूति प्रकट गरेकी छन।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update