News 24 Television

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सिज (नाटा) ले विश्व पर्यटन दिवस २०२६ को अवसरमा ‘नाटा हेरिटेज रन २०२६’ आयोजना गर्ने भएको छ।

‘नेपाल कलिङ’ (Nepal Calling) भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको हेरिटेज रन आगामी असोज ११ गते अर्थात् २७ सेप्टेम्बर २०२६, आइतबार हुनेछ। दौड बिहान ७ बजे काठमाडौं दरबार स्क्वायरबाट प्रारम्भ भई पाटन दरबार स्क्वायरमा पुगेर समापन हुनेछ।

नेपालका ऐतिहासिक सम्पदा, समृद्ध संस्कृति, पWhatsApp-Image-2026-09-26-at-4.53.56-PM-1790422420.jpeg
र्यटन तथा नेपालीपनलाई विश्वसामु उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नाटा कार्यसमिति सदस्य तथा प्रवास ट्राभलका प्रबन्ध निर्देशक (एमडी) प्रकाश लोहनीले बताउनुभयो।

हेरिटेज रनमा नाटा सदस्यहरू, पर्यटन व्यवसायी, सञ्चारकर्मी, पर्यटनप्रेमी तथा सर्वसाधारणको सहभागिता रहने नाटाका अध्यक्ष भरतजंग पाण्डेले जानकारी दिनुभयो।

कार्यक्रम मार्फत नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सगै पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप चिनाउने उद्देश्य राखिएको नाटा कार्यसमिति सदस्य तथा शुभम ट्राभलका प्रबन्ध निर्देशक दिनेश मैनालीले बताउनुभयो।

साथै नाटाले सम्पूर्ण सदस्य, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा पर्यटनप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई ‘नेपाल कलिङ’ को सन्देशलाई विश्वसामु पुर्‍याउन आह्वान गरेको छ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update