News 24 Television
महानगरको लाठीचार्ज बालेनलाई भारी पर्दै, चारैतिर घेराबन्दी !
Balenlai Dhakka_100%

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ विभिन्न फण्डा गरेर चर्चा र विवादमा आइरहन्छन् । कहिले संघीय सरकारलाई चेतावनी दिएर त कहिले अनेकथरी टिप्पणी गरेर विवादमा आइरहने बालेन पछिल्लो समय फुटपाथ व्यवसायीमाथिको आक्रमणबाट विवादमा तानिएका छन् । यस्तो विवाद फेरि कवाडमा समेत पर्न गएको छ ।

काठमाडौं महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि लाठि वर्षाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’ चौतर्फी आलोचनाको सिकार मात्रै बनिरहेका छैनन, उनलाई सार्वजनिक रुपमा माफी माग्न समेत दबाब दिन थालिएको छ । फुटपाथ व्यवसायलाई व्यवस्थित पार्नुको सट्टा लाठ्ठि वर्षाउने र गम्भीर रुपमा घाइते नै बनाउने गरि महानगर प्रहरीले कानून बाहिरका गतिविधि गर्न थालेपछि महानगर आलोचना र विवादको सिकार बनिरहेको छ । विवादको सिकार बनिरहेको बेला फुटपाथ व्यवसायीले नभई एमाले कार्यकर्ताले महानगर प्रहरीमाथि आक्रमण गरेको भन्दै थप विवादीत अभिव्यक्ति दिएपछि उनी एमालेको समेत निशानामा छन् । यस्तोमा बालेन्द्रले किन विवाद र आलोचनालाई निम्तो दिइरहेका छन ? यो प्रश्न भने अन्योलतामै देखिन्छ ।

फुटपाथलाई लिएर विवाद चलिरहेको बेला कवाडीलाई महानगरबाट हटाउने निर्णय कार्यान्वयनमा जाने भन्दै वडाहरुले पत्र काटेपछि कवाड व्वयसायी समेत सडकमा उत्रिएका छन् । कवाड व्यवसायीले आन्दोलनलाई निष्कर्षमा पु¥याउने गरि अघि बढेको र कानुनको पालना हुने निश्चित नभएसम्म सडक नछाड्ने चेतावनी दिएका छन् ।

सल्लाहकार राखेर निश्चित व्यक्तिको मात्रै कुरा सुन्ने गरेको आरोप खेप्दै आएका बालेन्द्र पछिल्लो समय महानगरका कर्मचारी निकाल्नेदेखि सरकारी उच्च तहका कर्मचारीमाथि गर्ने व्यवहारका कारण पनि चर्चामा छन् । आफूप्रति आएका विषयमा प्रतिक्रिया जनाइहाल्ने बालेन्द्रले महानगरलाई नेतृत्व दिइरहँदा उनीमाथि थुप्रै प्रश्न उठेपनि जनताका काममा उनी तल्लिन रहेको र काठमाडौँ महानगरमा देखिने गरी सुधारका केही काम गरेको भन्दै उनको पक्षमा समेत ठूलो जमात भने देखिन्छ । तर, महानगरले चालेका कदमलाई पूर्णता दिने मामलामा चुक्दै आएका बालेनमाथि गर्नु पर्ने कामहरुको चुनौति भने थपिएको थपियै छ ।

https://youtu.be/rEeD_qwsEsY

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update