News 24 Television
इरानका राष्ट्रपति इब्राहिमको हेलिकप्टर दुर्घटनामा निधन

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उनीसँगै विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि सोही दुर्घटनामा मृत्यु भएको जनाइएको छ । 

आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम सवार रहेका हेलिकोप्टर दुर्घटना भएको क्षेत्र पत्ता लागेको जनाएको छ। 

त्यहाँ हेलिकप्टर पूर्ण रुपमा जलेको र कुनै पनि मानव अवशेष बाँकी नभेटिएको जनाइएको छ । समाचार संस्था रोयटर्सले इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर पूर्ण रूपमा जलेको बताएको छ । ती अधिकारीले रोयटर्सलाई भनेका छन्, ‘राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर पूर्ण रूपमा जलेको छ र त्यसमा सवार रहेका सबैको मृत्यु भएको ठानिएको छ ।’

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update