News 24 Television
ल्हारक्यालको चलखेलले लुम्बिनी नै संकटमा
ryalkyal

काठमाडौं । विवादास्पद छविका ल्हारक्याल लामाले लुम्बिनी विकाष कोषको जिम्मेवारी सम्हालेको झन्डै ८ महिना पुग्नै लाग्यो । यो बिचमा उपाध्यक्ष लामा राम्रा कामले भन्दा नराम्रा कामले बढी चर्चामा छन् । उनकै नेतृत्वको मनपरिले कतै लुम्बिनीले विश्वसम्पदा सूचिको मान्यता गुमाउने त होइन ?

लुम्बिनीलाई हालसम्मकै उत्कृष्ट नेतृत्व दिने वचन दिएका लामा किन एक पछि अर्को विवादमा फस्दै छन् त ? लुम्बिनी कसरी जोखिममा छ ल्हारक्यालबाट ?

ल्हारक्याल लामाले लुम्बिनी विकाष कोषको जिम्मेवारी सम्हालेको करिब ८ महिना पुग्नै लाग्दा उनले यस अवधिमा लुम्बिनीलाई नै जोखिममा पारिदिएका छन् ।

उनको असक्षमता वा भनौ मनपरि शैलीले लुम्बिनी सम्पदा क्षेत्र विश्व सम्पदा सूचीबाटै हट्ने जोखिम बढेको हो । लुम्बिनीको मायादेवि मन्दिर परिसर विश्व सम्पदा सुचिमा सुचिकृत भएपछि उक्त स्थलमा कुनैपनि निर्माण कार्य गर्न नपाउने प्रावधान छ ।

निर्माण आवश्यकता परेको खण्डमा पुरातत्व विभाग र विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने संस्थाको अनुमति अनिवार्य लिनुपर्ने हुन्छ । चार दशक अघि तयार गरि लागू गरिएको लुम्बिनी गुरुयोजनामा समेत मन्दिर परिसर र आसपास ठूला संरचना निर्माणको परिकल्पना गरिएको छैन् । तर, पछिल्लो समय लुम्बिनीलाई आर्थिक चलखेलको बलियो हतियार बनाइदैछ ।

कसरी पर्दैछ लुम्बिनी क्षेत्र यूनेस्कोको रेड जोनमा ?

– सत्ता र शक्तिका आडमा निरन्तर लुम्बिनीको अस्तित्व माथि प्रहार

– विश्व सम्पदा सूचिको मूल्य र मान्यता विपरित मन्दिर परिसरमा धमाधम भौतिक संरचनाहरु निर्माण

– मायादेवी मन्दिरभित्र ३० मिटर लम्बाई र २० मिटर चौडाई रहेको एउटा र २० मिटर लम्बाई र ७ मिटर चौडाई भएको अर्को गरि दुईवटा दर्शन सेड निर्माण गरिँदै

– यसरी सबै गतिविधि पुरातात्विक मान्यता विपरित भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) ठहर

– पुरातात्विक क्षेत्र परिवर्तन गर्ने गतिविधिका कारण खतराको सूचिमा राख्ने चेतावनी

लुम्बिनीमा भइरहेको आधुनिक विकास निर्माणका कामले यसको विश्वव्यापी महत्वलाई जोगाउन गरिएको प्रयास उपयुक्त नभएमा सम्भावित खतराको सूचीमा पर्ने कुरालाई यूनेस्कोले जोड दिएको हो ।

लुम्बिनीमा भ्रष्ट प्रवृति हावी

– लुम्बिनी जस्तो ऐतिहासिक क्षेत्रमा पछिल्लो समय भ्रष्टहरुको नजर पर्न थालेपछि यसको अस्तित्व नै संकटतर्फ उन्मुख
– लुम्बिनीको संरक्षण र विकासको जिम्मा पाएकाहरु नै पछिल्लो समय कुनै न कुनै तवरबाट यसलाई मास्न तल्लीन
– झण्डै ८ महिनाअघि मात्रै लुम्बिनी विकास कोषको नेतृत्व सम्हाल्न पुगेका विवादस्पद छविका उपाध्यक्ष ल्हारक्याल लामाका पछिल्लो केहि निर्णयहरुले नै यसलाई प्रष्ट पारिरहेको छ ।

ल्हारक्यालमाथि आरोप लागाउन सकिने आधारहरु

– गौतम बुद्धको अस्तुधातु रहेको मानिएको नवलपरासीको रामग्राम क्षेत्र उत्खनन्

– बौद्ध स्तूपसहितका संरचना निर्माण एवं व्यवस्थापनको जिम्मा विनाप्रतिस्पर्धा ९९ बर्षका लागि निजी कम्पनीलाई सुम्पिन गुपचुप सम्झौता

निजीलाई सम्पिने गुपचुप सम्झौता बाहिरिएपछि यस बिषयलाई लिएर सरोकारवाला र नागरिकस्थरबाट समेत चर्को विरोध भइरहेको छ ।

ल्हारक्याल र पुरातत्वको साँटगाँठको आशंका

– धार्मिक एवं पुरातात्विक अस्तित्व बोकेको क्षेत्रमा हुने गरेको कामहरुको निगरानी र संरक्षण गर्ने मुख्य जिम्मेवारी पुरातत्व विभागको हो ।

– तर, पुरातत्व विभागपनि यस बिषयमा गम्भिर देखिदैन् । जसले गर्दा यस्ता ऐतिहासिक सम्पदाहरुको गरिमा माथि नै आंचा आउने खतरा बढ्दै गएको छ ।

ल्हारक्यालको अर्को बदमासी भनेको लुम्बिनी विकास कोषले दानभेटीमा समेत निजी कम्पनीको हक लाग्ने प्रावधान राख्नु हो भन्ने विषय पनि सतहमा आइरहेको छ ।

https://youtu.be/_Bze9ONyeXY?si=bqIIpgjBk5Yk6PTo

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update