News 24 Television
सप्तरीको डाक्नेश्वरीमा के हो यस्तो ? सेटिङ नमान्ने कर्मचारी सिधै सरुवा !
सप्तरीको डाक्नेश्वरीमा के हो यस्तो ? सेटिङ नमान्ने कर्मचारी सिधै सरुवा ! सप्तरीको डाक्नेश्वरी नगरपालिकाका स्वास्थ्य चौकीहरूमा औषधिको चरम अभाव रहेको पाइएको छ । त्यस्तै पालिकाका सह–स्वास्थ्य संयोजकले औषधि नै नदिइ स्वास्थ्य चौकीबाट भरपाई गराउन खोजेको समेत सार्वजनिक भएको छ भने यस्तो कुकृत्यमा सहभागि हुन नखोज्ने कर्मचारीलाई नगरपालिकाले एकैपटक सरुवा गरिदिएपछि अहिले उनीहरू आन्दोलित बनेका छन् ।
रामेछापमा आयुर्वेद उपचार केन्द्रमा सेवा लिनेको भीड
रामेछापमा आयुर्वेद उपचार केन्द्रमा सेवा लिनेको भीड नेपालमा आयुर्वेद चिकित्सालयप्रति आकर्षण बढ्दो छ । देशका विभिन्न ठाउँमा जस्तै रामेछापमा पनि आयुर्वेद तथा वैकल्पिक उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण उत्तिकै बढेको छ । सदरमुकाम मन्थलीसहित चिसापानी लगायत विभिन्न पालिकामा १÷१ वटा गरी अहिले कुल ९ स्थानमा आयुर्वेद तथा वैकल्पिक सेवा केन्द्र सञ्चालनमा छन् ।
घर–घरमै पुग्दै स्वास्थ्य विशेषज्ञ, निःशुल्क स्वास्थ्य सेवाले धनगढीवासी खुशी
घर–घरमै पुग्दै स्वास्थ्य विशेषज्ञ, निःशुल्क स्वास्थ्य सेवाले धनगढीवासी खुशी कैलालीको धनगढी उप–महानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवा प्रभाकारी बन्दै गएको छ । नयाँ जनप्रतिनिधिहरु आएसँगै उप–महानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवाबाट विपन्न गरिब तथा आर्थिक रुपमा कमजोर वर्गका नागरिक लाभान्वित भएका छन् ।
अस्पतालमै चरम राजनीति ! भाग नमिल्दा ठुल्ठुला अस्पताल धरासायी !
अस्पतालमै चरम राजनीति ! भाग नमिल्दा ठुल्ठुला अस्पताल धरासायी ! सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेका ९ वटा अस्पतालहरु महिनौंदेखि समितिविहीन छन् । सेती र महाकाली प्रादेशिक अस्पताल तथा ६ वटा जिल्ला र एउटा जिल्लास्तरीय अस्पताल गरि ९ वटा अस्पताल विकास समितिविहीन भएका हुन् ।
Weather Update