News 24 Television
जसपाबाट निर्वाचित मेयर–उपमेयर द्वन्द्धले तोडफोड, मेयरको निलम्बनले उपमेयर उग्र !
जसपाबाट निर्वाचित मेयर–उपमेयर द्वन्द्धले तोडफोड, मेयरको निलम्बनले उपमेयर उग्र ! राजनीतिक द्वन्दले सप्तरीको राजविराज नगरपालिका रणभूमिमा परिणत भएको छ । एकै पार्टीबाट निर्वाचित कार्यवाहक नगरप्रमुख र निलम्बित नगरप्रमुख आमनेसामने भएपछि चर्किएको द्वन्दले नगरपालिका अस्तव्यस्त बनेको हो । पछिल्लो पटक आफू अनुकुल हाकिम राख्ने द्वन्दले नगरपालिकामा आन्दोलन भइरहँदा नगरपालिकाको कामकाज प्रभावित बनेको छ । 
नेपाल सम्वतको प्रवर्तकको नाममा वीरगञ्जमा पार्क
नेपाल सम्वतको प्रवर्तकको नाममा वीरगञ्जमा पार्क वीरगञ्जमा राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाको नाममा बनेको पार्क सञ्चालनमा आएको छ । बालबालिकाको खेलकुद गतिविधिको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको पार्ककोसंघीय खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका थिए । पार्क सञ्चालनमा आएपछि वीरगञ्जवासीमा खुशीयाली छाएको छ ।  
टियू मैदान पुगेर ओलीले देखे गौरवको रंगशाला 
टियू मैदान पुगेर ओलीले देखे गौरवको रंगशाला  नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी ओलीले प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एक सय दिनभित्रै प्याराफिट निर्माण र फ्लड लाइट जडान गर्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयन हुन सकेन । आफू प्रधानमन्त्री भएको झण्डै ११ महिनापछि पार्टी कार्यक्रमको शिलशिलामा कीर्तिपुर गएकोबेला टियू मैदान टेक्दा...
वीरगञ्जका मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै
वीरगञ्जका मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै वीरगञ्जमा मुस्लिम धर्मावलम्बीहरुले दोश्रो महान पर्व बकर ईद हर्षोउल्लासका साथ मनाउँदै छन् । रमाजनको ७० औँ दिनमा मनाईने बकर ईद पर्वमा बिहानै स्नान गरी नजिकको मस्जिद वा इदगाहमा गई सामूहिक रुपमा नमाज पढ्नुका साथै एकअर्कालाई अंकमाल गरेर एकापसमा खुशीयाली साटासाट गर्ने गर्छन् । 
राजश्वमा सर्भर सधैं डाउन ! आयात–निर्यातकर्ता मारमा
राजश्वमा सर्भर सधैं डाउन ! आयात–निर्यातकर्ता मारमा लामो समयदेखि भन्सार कार्यालयहरुमा सर्भर डाउन हुँदा आयात–निर्यातकर्ताहरुले हैरानी खेपिरहेका छन् । दिनमै ५–६ पटकसम्म भन्सार कार्यालयहरुमा सर्भर डाउन हुने गरेको छ ।
बेलौरीका नगरप्रमुुखको दाबीः ‘सोचेभन्दा धेरै विकास भइसक्यो’
बेलौरीका नगरप्रमुुखको दाबीः ‘सोचेभन्दा धेरै विकास भइसक्यो’ न्यूज २४ टेलिभिजनको स्थानीय सरकार विशेष कार्यक्रम सिधा कुरा मेयरसँगको अर्को श्रृंखला कञ्चनपुको बेलौरी नगरपालिकामा सम्पन्न भएको छ । जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष साक्षात्कार गराउँदै पालिकाको दीगो विकासमा सबैलाई जिम्मेवार बनाउने उद्देश्यसहितको यो कार्यक्रममा बेलौरीका जनप्रतिनिधि र स्थानीयको उत्साहजनक सहभागिता रह्यो ।  कञ्चनपुर जिल्लाको दक्षिणी भागमा अवस्थित बेलौरी नगरपालिका यस्तो...
विकास निर्माणमा दोधारा–चाँदनीको छलाङ, फराकिलो सडकले फेरियो पहिचान 
विकास निर्माणमा दोधारा–चाँदनीको छलाङ, फराकिलो सडकले फेरियो पहिचान  महाकाली पारीको दोधारा चाँदनी नगरपालिकाका नागरिक केही वर्ष पहिला सम्पुर्ण रुपमा भारतसँग आश्रित थिए । नक्सामा दोधारा चाँदनीको भू–भाग नेपालमै थियो । यस क्षेत्रमा बसोबास गर्नेहरुको हातमा नेपाली नागरिकता नै थियो । नेपाल सरकारले तोकेको राजश्व समेत समयमै तिर्थे तर सरकारबाट पाउनु पर्ने प्राय सबै सेवा सुविधाबाट भने उनीहरु बञ्चित...
लम्कीचुहाका जनप्रतिनिधिलाई शिक्षा, स्वास्थ्य र सडकमा ध्यान दिन सुझाव 
लम्कीचुहाका जनप्रतिनिधिलाई शिक्षा, स्वास्थ्य र सडकमा ध्यान दिन सुझाव  स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले देशभरका स्थानीय पालिकामा शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम अन्तर्गत जेठ २१ गते पहिलो संस्करणको १० औँ श्रृंखला सुदुरपश्चिम प्रदेशअन्तर्गत कैलालीको लम्किचुहा नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले लम्कीचुहा क्षेत्रको समग्र विकासमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका...
अल्टिमाको तेस्रो स्टोर नयाँ बानेश्वरमा, ग्राहकलाई अफरै–अफर 
अल्टिमाको तेस्रो स्टोर नयाँ बानेश्वरमा, ग्राहकलाई अफरै–अफर  अडियो र वेयरेबल ब्रान्ड, अल्टिमा लाइफस्टाइलले काठमाडौंको नयाँ बानेश्वरमा आफ्नो तेस्रो आधिकारिक रिटेल स्टोर संचालनमा ल्याएको छ ।
Weather Update