News 24 Television
सुदूरपश्चिममा १३ कोल्डस्टोरको लिष्ट, यसरी करोडौंको चलखेल !
सुदूरपश्चिममा १३ कोल्डस्टोरको लिष्ट, यसरी करोडौंको चलखेल ! ६ वर्ष पहिलेदेखि सुदूरपश्चिम प्रदेशमा शितभण्डार अर्थात कोल्डस्टोर निर्माण गर्ने लहर नै चल्यो । प्रदेश सरकारको ६ करोड लागानीमा सुदूरपश्चिमका विभिन्न जिल्लामा १३ वटा कोल्ड स्टोर निर्माणको लागि ६ वर्ष पहिला नै बजेट समेत विनियोजन गरियो । तर, अझैपनि कोल्डस्टोरको अत्तोपत्तो छैन । 
ठमेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ठमेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न काठमाडौँको ठमेलस्थित नर्सिङचोकमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौँ ठमेल ईविजाको आयोजना तथा काठमाडौँ महानगरपालिका वडा नं. २६, ठमेल पर्यटन विकास परिषद, किवानिस क्लब अफ नेपाल होराइजन, त्रिदेवी मार्ग उपसमिति र क्लब एण्ड डिस्को व्यापार संघको सहयोग र हिमालय ब्लड ट्रान्सफ्युजन सेन्टरको प्राविधिक सहयोगमा शनिबार उक्त...
फाइदासँगै डिजिटल वालेटहरुमा यस्ता जोखिम पनि 
फाइदासँगै डिजिटल वालेटहरुमा यस्ता जोखिम पनि  नेपालमा ईसेवा, खल्ती, आइएमई पे जस्ता डिजिटल वालेटको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । सूचना प्रविधिको विकास र स्मार्टफोनको विस्तारसँगै यी प्लेटफर्महरूले नगदरहित कारोबारलाई प्रोत्साहन गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत साउनमा डिजिटल वालेटमार्फत १४ अर्ब रुपैयाँको कारोबार भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो...
गम्भीर बनेको हात्तीको उपचारपछि तङ्ग्रिने अपेक्षा
गम्भीर बनेको हात्तीको उपचारपछि तङ्ग्रिने अपेक्षा विगत केही महिना देखि घाइते अवस्थामा रहेको रौतहटको चन्द्रपुर नगरपालिकामा भौतारिरहेको यमजग नामको हात्तीको उपचारको लागि सरकारले चासो देखाएको छ । घाइते अवस्थामा रहेको हात्तीको उपचारको लागि महिनौसम्म पनि सरकार र सरोकारवाला निकायहरुले खासै चासो नदेखाएको भन्दै चौतर्फी आलोचना भएपछि चितवन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली आएर हात्तीको उपचार...
डिजिटल करेन्सीको फाइदा के ? नेपालमा कहिलेदेखि ? 
डिजिटल करेन्सीको फाइदा के ? नेपालमा कहिलेदेखि ?  विश्वमा प्रविधिको तीव्र विकाससँगै वित्तीय प्रणाली पनि द्रुत रूपमा परिष्कृत हुँदै गएको छ । यसैको एउटा उद्धाहरण डिजिटल करेन्सी आधुनिक आर्थिक प्रणालीको प्रमुख हिस्सा बन्दै गएको छ । जसले विस्तारै नगदको परम्परागत प्रयोगलाई प्रतिस्थापन गर्दैछ ।
होली हंगामा झुम्यो वीरगञ्ज, स्थानीय कलाकारको प्रस्तुतिमा नाचगान 
होली हंगामा झुम्यो वीरगञ्ज, स्थानीय कलाकारको प्रस्तुतिमा नाचगान  हर्ष, उल्लास र उत्साहका साथ वीरगञ्जसहित तराई मधेशमा रंगहरुको पर्व होली मनाइएको छ । पहाडी भेगमा बिहिवार मनाइएको होली पर्व शुक्रवार तराई मधेशमा मनाइएको हो । वीरगञ्जको आदर्शनगरमा न्यूज २४ टेलिभिजनले आयोजना गरेको ‘होली हंगामा’ कार्यक्रममा सयौँ नागरिक खुलेरै झुमेका थिए । 
सभ्य बन्दै होली, विदेशी पर्यटक उत्साहित 
सभ्य बन्दै होली, विदेशी पर्यटक उत्साहित  रंगहरुको पर्व होली नेपालमा मात्र नभई दक्षिणी छिमेकी मुलुक भारतमा पनि निकै भब्ययताका साथ मनाउने गरिन्छ । फागू पूर्णिमाका दिन हिमाली तथा पहाडी ५६ जिल्ला तथा त्यसको भोलिपल्ट तराईका २१ जिल्लामा होली पर्व मनाउने गरिन्छ । 
लेखा अधिकृतहरुको आन्दोलनले आर्थिक प्रशासन ठप्प
लेखा अधिकृतहरुको आन्दोलनले आर्थिक प्रशासन ठप्प सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका अधिकृतस्तरका कर्मचारी यतिबेला आन्दोलित छन् । लेखा समूहको नवौं तह पद् बढुवाको विज्ञापन खोल्नु पर्ने माग गर्दै उनीहरू मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिइरहेका छन् । प्रदेश सरकारले अन्यायपूर्ण तरिकाले प्रदेश निजामती ऐन र नियमावली जारी गरेको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका लेखा समूहका कर्मचारीले...
परम्परागत पेशाले सधैँ धौँधौं, गलैचाले अहिले मालामाल 
परम्परागत पेशाले सधैँ धौँधौं, गलैचाले अहिले मालामाल  परम्परागत पेशाका रुपमा रहेको खोलामा बालुवा चाल्ने, खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने सिन्धुपाल्चोकका माझी सामुदायका महिलाहरू आयआर्जनमा अन्य उपायहरुमा पनि जोडिन थालेका छन् । अहिले उनीहरुलाई न रोजगारीका लागि अन्त भौतारिनु पर्ने, नत लगानी नै गर्नुपर्ने चिन्ता छ । 
Weather Update