सांसदहरुबीच लफडा ! पौठेजोरी शैलीमा को–को ?
शनिबार, जेठ ३१, २०८२
हिमालले देखायो खतराको संकेत, हिमालवासी चिन्तामा
शुक्रबार, जेठ ३०, २०८२
जलवायु परिवर्तन विश्वसमुदायकै लागि खतराका रुपमा दिनप्रति दिन बढ्दो क्रममा छ । विश्वमञ्चमा प्राय साझा छलफलको विषय पनि बन्छ जलवायु परिवर्तन र यसको प्रभाव ।
सुनचाँदी व्यवसायी सडकमा, सरकारलाई चुनौति
शुक्रबार, जेठ ३०, २०८२
अहिले देशभरका सुनचाँदी व्यवसायी आन्दोलित छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट वक्तव्यमार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा–जवाहरातसहितका बहुमूल्य वस्तुहरूमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् । कास्कीमा समेत व्यवसायीले आन्दोलन चर्काएका छन् ।
पैचो नेशलन सेल्स समिट सम्पन्न, ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड
बिहीबार, जेठ २९, २०८२
पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको हो ।
पुनर्वासका मेयरसँग नगरवासीका प्रश्न, सीमा समस्या समाधानको सुझाव
बिहीबार, जेठ २९, २०८२
सीधा कुरा मेयरसँग’ कार्यक्रम सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा रहेको पुनर्वास नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले शुरु गरेको यो कार्यक्रम बुधबार पुनर्वासमा गरिएको हो ।
मुलुक लोकतान्त्रिक गणतन्त्रमा पुगेपछि काठमाडांैको सिंहदरबार जनताको घरदैलोमा पुगेको भन्ने गरिन्छ । तर, के परिस्थिति यस्तै छ...
हात्तीले उजाडेको गाउँको कथा : बाँच्नकै लागि भोट सौदाबाजी ! नेता वेमतलबी
बिहीबार, जेठ २९, २०८२
झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको आतंक दिनदिनै बढ्दो छ । मानवीय क्षति, खेतीबालीको विनाश र त्रासदीपूर्ण जीवनका बीच यहाँका बासिन्दा बाँचिरहेका छन् । तर, नेताहरूका लागि यो समस्या वर्षौदेखि चुनावी भाषणको आकर्षक मुद्दा मात्र बन्ने गरेको छ ।
आगोले पलभरमै १९ करोड स्वाह ! पीडितको विचल्ली
बिहीबार, जेठ २९, २०८२
बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा गएको शुक्रबार दिउँसो लागेको भीषण आगलागीबाट रु. १९ करोड भन्दाबढी क्षति भएको छ । आगलागीमा १४ पसल पूर्णरुपमा जलेका छन्, भने २० वटा पसलमा आंशिक क्षति भएको छ ।
आधारभूत सुविधाबाटै बञ्चित मोहन्याल, पालिका केन्द्रमै बल्ल पुग्यो विद्युत
बुधबार, जेठ २८, २०८२
स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले देशभरका स्थानीय पालिकामा शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम जारी छ । सो कार्यक्रम सुदुरपश्चिम प्रदेशको सुगम जिल्ला कैलालीकोे दुर्गम गाउँपालिका मोहन्यालका स्थानीयले जनप्रतिनिधि र सरोकारवालासंग गुनासो प्रत्यक्ष राखेका छन् ।
जसपाबाट निर्वाचित मेयर–उपमेयर द्वन्द्धले तोडफोड, मेयरको निलम्बनले उपमेयर उग्र !
बुधबार, जेठ २८, २०८२
राजनीतिक द्वन्दले सप्तरीको राजविराज नगरपालिका रणभूमिमा परिणत भएको छ । एकै पार्टीबाट निर्वाचित कार्यवाहक नगरप्रमुख र निलम्बित नगरप्रमुख आमनेसामने भएपछि चर्किएको द्वन्दले नगरपालिका अस्तव्यस्त बनेको हो । पछिल्लो पटक आफू अनुकुल हाकिम राख्ने द्वन्दले नगरपालिकामा आन्दोलन भइरहँदा नगरपालिकाको कामकाज प्रभावित बनेको छ ।
नेपाल सम्वतको प्रवर्तकको नाममा वीरगञ्जमा पार्क
सोमबार, जेठ २६, २०८२
वीरगञ्जमा राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाको नाममा बनेको पार्क सञ्चालनमा आएको छ । बालबालिकाको खेलकुद गतिविधिको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको पार्ककोसंघीय खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका थिए । पार्क सञ्चालनमा आएपछि वीरगञ्जवासीमा खुशीयाली छाएको छ ।
टियू मैदान पुगेर ओलीले देखे गौरवको रंगशाला
सोमबार, जेठ २६, २०८२
नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी ओलीले प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एक सय दिनभित्रै प्याराफिट निर्माण र फ्लड लाइट जडान गर्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयन हुन सकेन । आफू प्रधानमन्त्री भएको झण्डै ११ महिनापछि पार्टी कार्यक्रमको शिलशिलामा कीर्तिपुर गएकोबेला टियू मैदान टेक्दा...
वीरगञ्जका मुस्लिम समुदायले बकर इद पर्व मनाउँदै
शनिबार, जेठ २४, २०८२
वीरगञ्जमा मुस्लिम धर्मावलम्बीहरुले दोश्रो महान पर्व बकर ईद हर्षोउल्लासका साथ मनाउँदै छन् । रमाजनको ७० औँ दिनमा मनाईने बकर ईद पर्वमा बिहानै स्नान गरी नजिकको मस्जिद वा इदगाहमा गई सामूहिक रुपमा नमाज पढ्नुका साथै एकअर्कालाई अंकमाल गरेर एकापसमा खुशीयाली साटासाट गर्ने गर्छन् ।
