News 24 Television
डिजिटल करेन्सीको फाइदा के ? नेपालमा कहिलेदेखि ? 
डिजिटल करेन्सीको फाइदा के ? नेपालमा कहिलेदेखि ?  विश्वमा प्रविधिको तीव्र विकाससँगै वित्तीय प्रणाली पनि द्रुत रूपमा परिष्कृत हुँदै गएको छ । यसैको एउटा उद्धाहरण डिजिटल करेन्सी आधुनिक आर्थिक प्रणालीको प्रमुख हिस्सा बन्दै गएको छ । जसले विस्तारै नगदको परम्परागत प्रयोगलाई प्रतिस्थापन गर्दैछ ।
होली हंगामा झुम्यो वीरगञ्ज, स्थानीय कलाकारको प्रस्तुतिमा नाचगान 
होली हंगामा झुम्यो वीरगञ्ज, स्थानीय कलाकारको प्रस्तुतिमा नाचगान  हर्ष, उल्लास र उत्साहका साथ वीरगञ्जसहित तराई मधेशमा रंगहरुको पर्व होली मनाइएको छ । पहाडी भेगमा बिहिवार मनाइएको होली पर्व शुक्रवार तराई मधेशमा मनाइएको हो । वीरगञ्जको आदर्शनगरमा न्यूज २४ टेलिभिजनले आयोजना गरेको ‘होली हंगामा’ कार्यक्रममा सयौँ नागरिक खुलेरै झुमेका थिए । 
सभ्य बन्दै होली, विदेशी पर्यटक उत्साहित 
सभ्य बन्दै होली, विदेशी पर्यटक उत्साहित  रंगहरुको पर्व होली नेपालमा मात्र नभई दक्षिणी छिमेकी मुलुक भारतमा पनि निकै भब्ययताका साथ मनाउने गरिन्छ । फागू पूर्णिमाका दिन हिमाली तथा पहाडी ५६ जिल्ला तथा त्यसको भोलिपल्ट तराईका २१ जिल्लामा होली पर्व मनाउने गरिन्छ । 
लेखा अधिकृतहरुको आन्दोलनले आर्थिक प्रशासन ठप्प
लेखा अधिकृतहरुको आन्दोलनले आर्थिक प्रशासन ठप्प सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका अधिकृतस्तरका कर्मचारी यतिबेला आन्दोलित छन् । लेखा समूहको नवौं तह पद् बढुवाको विज्ञापन खोल्नु पर्ने माग गर्दै उनीहरू मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिइरहेका छन् । प्रदेश सरकारले अन्यायपूर्ण तरिकाले प्रदेश निजामती ऐन र नियमावली जारी गरेको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका लेखा समूहका कर्मचारीले...
परम्परागत पेशाले सधैँ धौँधौं, गलैचाले अहिले मालामाल 
परम्परागत पेशाले सधैँ धौँधौं, गलैचाले अहिले मालामाल  परम्परागत पेशाका रुपमा रहेको खोलामा बालुवा चाल्ने, खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने सिन्धुपाल्चोकका माझी सामुदायका महिलाहरू आयआर्जनमा अन्य उपायहरुमा पनि जोडिन थालेका छन् । अहिले उनीहरुलाई न रोजगारीका लागि अन्त भौतारिनु पर्ने, नत लगानी नै गर्नुपर्ने चिन्ता छ । 
कास्कीमा देखियो यस्तो दृष्य ! अब अरुले के सिक्ने ?
कास्कीमा देखियो यस्तो दृष्य ! अब अरुले के सिक्ने ? देशभरका स्थानीय तहहरुले आफ्नो स्थापना दिवस मनाउदै गर्दा कास्कीको रुपा गाउँपालिकामा फरक दृष्य देखिएको छ । यस गाउँपालिकाले केवल औपचारिकतामा सीमित रहेर मात्रै स्थापना दिवस मनाएको छैन । हरेक जातजाति, धर्म र संस्कृतिको उत्सवका रुपमा दिवस मनाउँदा यो साँच्चीकै महोत्सव भन्दा फरक थिएन । 
लाखौं पर्ने जडिबुटी हराउने डर, संरक्षणमा छैन सरकारको ध्यान 
लाखौं पर्ने जडिबुटी हराउने डर, संरक्षणमा छैन सरकारको ध्यान  जडीबुटीको खानीका रूपमा परिचित मुगु जिल्ला लगाएत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा पाइने  बहुमूल्य जडीबुटी पछिल्ला वर्षहरुमा घट्दै गएको छ । नेपालमा व्यापार हुने जडीबुटीहरूको कुल परिणामको ४७ प्रतिशत यस प्रदेशबाट उत्पादन हुने गरेको छ । तर, अब यो उत्पादन नै जोखिममा परिसकेको छ । 
मेयरदेखि मुख्यमन्त्री गफैमा मस्त ! कर्णाली पुल जिङ्गरिङ्ग 
मेयरदेखि मुख्यमन्त्री गफैमा मस्त ! कर्णाली पुल जिङ्गरिङ्ग  सुदूरपश्चिम प्रदेशलाई स्थलमार्गबाट मुलुकका अन्य भागमा जोड्ने मुख्य संरचना हो, कर्णाली पुल । कैलालीको लम्कीचुहा नगरपालिका–३ मा रहेको यो कर्णाली पुल निर्माण सम्पन्नको तीन दशक पुरा भइसकेको छ । तर, भूमार्ग जोड्ने अर्को मुख्य विकल्प नभएको यस्तो महत्वपूर्ण संरचनामा पनि कुनै मर्मत सम्भार गरिएको छैन । 
Weather Update