सोलुखुम्बुमा ५ कोल्ड चेम्बर, किसानहरुको मुहार उज्यालो
सोमबार, असार २३, २०८२
विकास विरोधी भन्दै रघुवीर महासेठ र विमलेन्द्र निधिबीच बाझाबाझ
सोमबार, असार २३, २०८२
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेकै कारण राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा बाधा पुगेको आरोप लगाएको २४ घण्टा नबित्दै एमालेका केन्द्रीय सचिव रघुबीर महासेठले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि विभिन्न आरोप लगाएका छन् ।
रुपन्देही– ३ मा रास्वपाको नतिजा कस्तो आउँला ?
आइतबार, असार २२, २०८२
रास्वपाले आफूलाई मुलुकको राजनीति सुधार र सुशासन स्थापनार्थ स्थापित पार्टीका रुपमा दावी गर्दै आएको छ । रास्वपाको मूल एजेण्डा नै बैकल्पिक राजनीतिक दल बन्ने र मुलुकलाई सकारात्मक परिवर्तनको दिशामा लैजाने भन्ने हो । यस्तैमा रास्वपाले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै उनको राजीनामा माग गरिरहेको छ ।...
रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिन माग
आइतबार, असार २२, २०८२
रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसदहरुले माग राखेका छन् ।आईतवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो माग राखेका हुन् ।
सहकारीमार्फत हुने मल वितरणमा शक्ति र पहुँचको आधारमा राजनीतिक पक्षपात हुने गरेको कारण मल वितरणको जिम्मेवारी स्थानीय तहको कृषि...
यातायात व्यवसायीबाट यूरो-६ मापदण्डको विरोध
आइतबार, असार २२, २०८२
यातायात ब्यवसायीहरुले युरो ६ प्रदुषण मापदण्ड लागू गरिएकोप्रति आपत्ति जनाएका छन् । आमसञ्चार र यातायातको सवाल विषयमा राष्टिय यातायात पत्रकार मञ्चले पाटनमा आयोजना गरेको अन्तरक्रियामा ब्यवसायीहरुले यूरो ४ को मापदण्ड अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा युरो ६ को मापदण्ड कार्यान्वयन हुनेमा उनीहरुले आशंका गरेका हुन् ।
विधेयकमा छेडखानी गर्नेहरुको भविष्य संकटमा, समितिले मुखुटो खोल्ने !
आइतबार, असार २२, २०८२
कुलिङ पिरियडमा भएको छेडखानीका लागि छानविन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । सात सदस्यीय छानविन समितिले यसबारे अध्ययन गर्ने र १५ दिनमा प्रतिवेदन बुझाउने भनिएको छ । के यस समितिले कुलिङ पिरियडमा भएको छेडखानी प्रकरणमा संलग्नहरुलाई बाहिर ल्याउला ? उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सक्ने गरि काम होला...
ऊर्जावान राज्य खोज्दै युवाहरु ! शिक्षामा क्रान्तिको चाहना
आइतबार, असार २२, २०८२
नेपालमा हरेक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षा र उज्ज्वल भविष्यको खोजीमा विदेशिइरहेका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्कले नै यो क्रम कति भयावह छ भन्ने देखाउँछ ।
सत्ता फेरको निर्णयक प्रयास यस्तो ! देउवा–प्रचण्डको गोप्य भेटमा के भयो ?
आइतबार, असार २२, २०८२
सरकारका कार्यशैलीदेखि सरकार सञ्चालनको प्रक्रियामाथिका प्रश्नको समाधान गर्नैपर्ने भाष्य निर्माण हुँदै गएको छ । प्रतिपक्षी दलले सरकारमाथिका प्रश्न पेचिलो बनाउदै लगेको छ भने, सत्तारुढ कांग्रेसले पनि प्रश्न उठाइरहेको छ । यस्तोमा प्रतिपक्षी दलले त संसद, सरकार र न्यायपालिकाको कार्यसम्पादनमै प्रश्न उठाउदै यसको समाधानको अपिल गर्न थालेको छ ।


