News 24 Television
दोलखा शहरमा चैते दशैँ र रामनवमी 
दोलखा शहरमा चैते दशैँ र रामनवमी  हरेक वर्ष चैत्र महिनाको चैत्र शुक्ल अष्टमीको दिन चैते दशैं मनाउने गरिन्छ। चैत्र महिनामा पर्ने नवरात्रिलाई चैते दशैं भनिन्छ। चैते दशैं यसकारण अस्टमिको दिनमा मनाउने गरिन्छ कि आठौं दिन भगवान भगवती लाइ जनावरहरूको बलि दिने दिन हो । त्यसैले अष्टमीको दिन भगवतीको मन्दिरहरुमा पुजा आराधना गर्न भक्तजनहरुको भीड लाग्दछ । ...
छाउगोठ कम भए, सुधार अझै आवश्यक  
छाउगोठ कम भए, सुधार अझै आवश्यक   नेपालको पश्चिमी क्षेत्रतिर व्याप्त छाउपडी प्रथा समयक्रमसँगै कम हुँदै गएको   छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केहीवर्ष पहिलेसम्म छाउपडी प्रथा चरम थियो । तर, अहिले महिनावारी भएका समय सुरक्षितवासतर्फ ध्यान दिन थालिएको छ । यद्दपी, कुप्रथा उन्मुलनका लागि गर्नुपर्ने काम अझै धेरै नै छन् ।  
पर्यावरण संरक्षणका अभियन्ता आरके अदीप्त गिरी सम्मानित
पर्यावरण संरक्षणका अभियन्ता आरके अदीप्त गिरी सम्मानित कालीगण्डकी बचाऔं अभियानमार्फत नागरिकमा प्रकृति रक्षाको जागरण फैलाउनुका साथै 'शताब्दी घर' सांस्कृतिक सङ्ग्रहालय मार्फत संस्कृति एवं ऐतिहासिक सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पुराएको भन्दै गिरीलाई वातावरण तथा सम्पदा संरक्षण सम्मानद्वारा सम्मान गरिएको हो ।
पानी नै नपाई मर्नुपर्ने जोखिम ! जीवन अस्तित्व नै भयंकर खतरामा !
पानी नै नपाई मर्नुपर्ने जोखिम ! जीवन अस्तित्व नै भयंकर खतरामा ! पछिल्ला वर्षहरुमा विश्वमा नै पानीका स्रोतहरु सुकिरहेका छन् । यति गतिमा पानीका मुहान सुक्दैजाने हो भने पानीकै अभावले विश्वमा त्राहिमाम फैलिने खतरा रहेको विभिन्न अध्ययनहरुले देखाउदै आएका छन् । 
महायज्ञको नाममा दलितको घर भत्काइएको विषयमा सांसदले गराए ध्यानाकर्षण
महायज्ञको नाममा दलितको घर भत्काइएको विषयमा सांसदले गराए ध्यानाकर्षण सो घट्नामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक भनिएका बजरंगी बाबालाई कारबाही गर्न सांसदहरुको माग गरेका छन् । नेकपा (एकीकृत समाजवादी)की सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गरिन् ।
ममाथि लागेको आरोपको अनुसन्धान होस् : प्रा.डा. संग्रौला
ममाथि लागेको आरोपको अनुसन्धान होस् : प्रा.डा. संग्रौला आफूलाई लागेको यौन दुर्व्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको उनले बताए । कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरुपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै  संग्रौलाले यदि साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताए । कसैले सञ्जालमा...
१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन फर्किए जनकपुरधाम
१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजन फर्किए जनकपुरधाम १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु आज जनपुरधाम फर्किएका छन् । १४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । यात्रीहरु अहिले जनधपुर धाम फर्किने क्रम जारी छ । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा...
वसन्तपुरमा होलीको चहलपहल, चीर पूजा गर्नेको भीड
वसन्तपुरमा होलीको चहलपहल, चीर पूजा गर्नेको भीड आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
Weather Update