राष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन
बुधबार, फागुन १४, २०८१
ज्ञानेन्द्रको बक्तव्यले एमाले–माओवादीबीच फेरि किचलो, प्रचण्डमाथि यस्तो शंका !
बुधबार, फागुन १४, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गरेपछि अनेकन कोणबाट राजनीतिक बहस सुरु भएको छ । ज्ञानेन्द्रले फेरि राजसंस्था पुनरस्थापना गर्ने बेला आएको र त्यसका लागि आफूलाई साथ दिन जनतालाई आह्वान गरेपछि राजनीति वृत्त हलचल भइरहेको छ । बक्तव्यमाथि टिप्पणी गर्दै सत्तारुढ दलहरु काँग्रेस एमालेले सबैभन्दा पहिले पूर्वराजालाई...
यूएसएआइडी रोकिदा नेपाललाई तत्काल यस्तो असर, कैयौको जागिर धरापमा
बुधबार, फागुन १४, २०८१
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) का थप सात कार्यक्रम स्थगित भएका छन् । शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित महत्वपूर्ण कार्यक्रमहरू तत्कालका लागि रोकिएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार ९० दिनका लागि स्थगित भएका यी परियोजनाहरू हजारौं नेपाली कामदारको रोजगारीसँग पनि जोडिएका छन्...
नेपाली भूमि जोगाइरहेका मेचीपारीका नेपाली
बुधबार, फागुन १४, २०८१
सामान्यतया नेपाल भारतको पूर्वी सिमाना मेची नदीले छुट्याएको छ । तर, मेची नदी पारी पनि केही नेपाली भूभाग र बस्ती रहेको छ । जहाँ नेपाली नागरिकले पुस्तौदेखि बसोबास गर्दै मेची पारीको नेपाली भूमिलाई संरक्षण समेत गरिरहेका छन् । नेपाली भूमिमा पुस्तौदेखि बसोबास गर्दै देशको सीमारक्षामा जुटिरहेका नागरिकलाई राज्यले भने उपेक्षा...
सक्रियता बढाउँदै देश दौडाहामा पूर्वराजा ज्ञानेन्द्र
बुधबार, फागुन १४, २०८१
प्रजातन्त्र दिवसका दिन भिडियो सन्देश जारी गर्दै आफूलाई साथ दिन आह्वान गरेका पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा छन् । उनको अभिब्यक्तिले सदनसमेत तातेको छ । पछिल्लो समय उनी विभिन्न मठमन्दिर धाइरहेका छन् । भारतबाट नेपाल फर्किएपछि भैरहवा हुँदै पोखरा पुगेका शाह अझै केही समय पोखरामा बस्ने र १६ गते जनतासंगै...
विशाल शिव मूर्ति बनेपछि पुम्दिकोट झकिझकाउ, पर्यटकको ओइरो
बुधबार, फागुन १४, २०८१
पोखरा महानगरपालिका २२ पुम्दीकोटमा नेपालकै सबैभन्दा विशाल भगवान शिवको मूर्ति बनेपछि स्वदेशी–विदेशी पर्यटक तथा दर्शनार्थीहरूको निकै ठूलो भिड लाग्ने गरेको छ । कुनै समय नाङ्गो डाँडो भनेर चिनिने पुम्दीकोट अहिले भगवान शिवको पवित्र धामका रूपमा परिणत भएको छ । शिवरात्रीको अवसरमा देशका विभिन्न जिल्लाहरूबाट शिवको दर्शन गर्न धर्मावलम्बीहरू आउने गर्छन्...
नारायणकाजी बिच्किदा पार्टीभित्रै आलोचना
बुधबार, फागुन १४, २०८१
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ झापामा झोक्किएछि उनको आलोचना हुन थालेको छ । सार्वजनिक कार्यक्रममा श्रेष्ठले देखाएको व्यवहार अनौठो रहेको भन्दै चलेका विभिन्न तर्ककाबीच उनले पछुतो लागेको भन्न थालेका छन् ।
आमसञ्चार परिषद् विधेयकको सत्तापक्षबाटै आलोचना
बुधबार, फागुन १४, २०८१
राष्ट्रियसभाबाट पारित भएको आमसञ्चार परिषद् विधेयक २०८१ माथि प्रतिनिधिसभामा छलफल शुरु भएको छ । पत्रकारिता पेशालाई स्वस्छ, स्वतन्त्र र जिम्मेवार बनाउन भन्दै सरकारले आमसञ्चार परिषद् विधेयक ल्याइएको दाबी गरेको छ । प्रस्तावित यो विधेयकको पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आपत्ति जनाइसकेको छ । राष्ट्रियसभाबाट पारित भएको यो विधेयकमाथि सत्तारुढ...
डिजिटल कारोबारमा लाग्ने शुल्कमा भ्याट लगाउनु कति उचित ?
बुधबार, फागुन १४, २०८१
सरकारले डिजिटल बैंकिङ कारोबार गर्दा लाग्ने शुल्कमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने गरेको छ । जसले नेपालका सबै बैंकिङ सेवा प्रदायकहरू र ग्राहकहरूको ध्यान आकर्षित गरेको छ ।



