News 24 Television
सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न लेखा समितिको निर्देशन
सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न लेखा समितिको निर्देशन सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ  । बुधवार बसेको संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय अस्वभाविक रुपमा बढेको सिमेन्टको मूल्यमा सरकारले हस्तक्षेप गरी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।
अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ : अध्यक्ष ढकाल
अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका बताएका छन् । 
मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य सुरु,  प्रदेशकै पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास
मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य सुरु, प्रदेशकै पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी  मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य सुरु भएको छ । 
सुर्खेतमा बन्यो मनै लोभ्याउने रंगशाला ! खेलप्रेमीमा खुशियाली
सुर्खेतमा बन्यो मनै लोभ्याउने रंगशाला ! खेलप्रेमीमा खुशियाली दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अनुसार आवश्यक संरचना निर्माणका कार्यले गति पाएका छन् । जसअनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण गरिएको छ । 
ओलीले तलमाथि गरे, तुरुन्तै राजनीतिक कोर्ष परिवर्तन !
ओलीले तलमाथि गरे, तुरुन्तै राजनीतिक कोर्ष परिवर्तन ! सरकारले आर्थिक अनुशासन कायम गर्दै मुलुकको विकासलाई गति दिने भन्दै अध्यादेश ल्याएको छ । तर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै प्रतिपक्षी दलका नेताहरुले प्रश्न गरिरहेका छन् । यस्तोमा बजार महंगीदेखि सरकारको स्थिरताबारेका प्रश्नले राजनीति थप गिजोलिन पुगेको छ । 
पोखरा महानगरमा भाँडभैलो, एमालेको बहिस्कार, कांग्रेसले लगायो ताला
पोखरा महानगरमा भाँडभैलो, एमालेको बहिस्कार, कांग्रेसले लगायो ताला केन्द्रीय राजनीतिमा कुम जोड्दै सँगै हिँडिरहेका नेपाली कांग्रेस र एमाले पोखरा महानगरपालिकामा भने दुई ध्रुवमा विभाजित छन् । विशेष नगरसभाको निर्णय जस्ताको त्यस्तै कार्यान्वयन नभएको भन्दै एमालेले नगरसभाको बहिस्कार गरेको छ भने कांग्रेसका जनप्रतिनिधिहरूले महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमा ताल्चा लगाएका छन् । जसका कारण पोखरा...
हिउँदे अधिवेशनमा विपक्षीहरुको सदन चर्काउने संकेत 
हिउँदे अधिवेशनमा विपक्षीहरुको सदन चर्काउने संकेत  सहकारी ठगी प्रकरणको विषयमा जोडिएको भन्दै यसअघि विपक्षी दलहरुले संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका थिए । सहकारी ठगी प्रकरणमा प्रत्यक्ष जोडिएकी ऋषिकेश पत्नी अञ्जला मोरङ जिल्ला अदालतबाट १० लाख धरौटीमा रिहा भइन् । तर अहिले पुनः सार्वजनिक लेखा समितिको सभापति पोखरेललाई पदबाट हटाउन दबाब बढेको...
काठमाडौँ विश्वविद्यालयमा उपकुलपति बन्न शक्तिकेन्द्र रिझाउनेहरुको ‘लिगलिगे दौड’
काठमाडौँ विश्वविद्यालयमा उपकुलपति बन्न शक्तिकेन्द्र रिझाउनेहरुको ‘लिगलिगे दौड’ काठमाडौं विश्वविद्यालयमा अबको उपकुलपति को ? यो अहिले पनि चासोको विषय बनेको छ । उपकुलपतिमा निर्वतमान उपकुलपति भोला थापाको समेत नाम सिफारिस भएको अवस्था छ भने कायममुकायम उपकुलपतिमा प्रा.डा. अच्युतप्रसाद वाग्ले आसिन भइसकेका छन् । वाग्लेको नाम पनि उपकुलपतिका रुपमा सिफारिस भइसकेको नाम हो ।
देशैभर भीम रावलमाथि समर्थन बढ्दो, १ हजार बढिले एमाले छोड्दै  
देशैभर भीम रावलमाथि समर्थन बढ्दो, १ हजार बढिले एमाले छोड्दै   भीम रावल एमालेको कारबाहीमा परेपछि मातृभूमि जागरण अभियानमार्फत राजनीतिमा आउने तयारीमा छन् । एमालेको कारबाहीपछि सुदूरपश्चिम प्रदेशमा एमाले छाड्नेको लर्को नै लागेको भन्दै चर्चा चलिरहेको बेला एमाले नेता कार्यकर्ताहरुको राजीनामाको तरंग किन आइरहेको छ त ? 
Weather Update