प्रचण्ड–ओलीलाई कांग्रेसको ‘हाइभोल्टेज’ झड्का
मंगलबार, जेठ १, २०८१
सरकार र नेताहरूको साथबिना त्रिविको जग्गा फिर्ता गराउन मुश्किल !
मंगलबार, जेठ १, २०८१
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को करिब २ हजार रोपनीभन्दा बढी जग्गा अतिक्रमित भएको छ । विभिन्न बहाना र प्रयोजनमा मिचिएको उक्त ठूलो परिमाणको जग्गा फिर्ता ल्याउन सरकारलाई दबाब बढ्दै गएको छ । पछिल्लो समय अतिक्रमित जग्गालाई विश्वविद्यालयकै मातहतमा ल्याउनेबारे संसदीय समितिले समेत चासो देखाएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा...
कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत
सोमबार, वैशाख ३१, २०८१
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिएका छन् ।
आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरेका छन् । उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
सोमबार, वैशाख ३१, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
उपप्रधानमन्त्री यादवद्वारा राजीनामा
सोमबार, वैशाख ३१, २०८१
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन ।
करोडौंको सेटिङमा मच्चाइएको ठगी, कनेक्सन कता-कता ?
सोमबार, वैशाख ३१, २०८१
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमाथि अनुसन्धानले निरन्तरता पाए पनि हालसम्म पनि खास प्रगति भएको छैन । यद्यपि, सार्वजनिक जग्गामा पहुँचको भरमा मनपरि गर्दै अर्बौं रकम कुम्ल्याउनेहरु विरुद्ध पक्राउ पूर्जी जारी भएपश्चात खोजी कार्य अघि बढेको बताइएको छ ।


