
काठमाडौं । झलनाथ खनालले एमाले नेतृत्व लिंदा होस वा केपी ओलीले नै एमालेको नेतृत्व लिंदा नै, ईश्वर पोखरेल संस्थापन बन्ने मौका पाए । माधव नेपालसंग केपी ओलीले अध्यक्षमा बाजी मार्दा पनि पोखरेलकै सहयोगले ओली झिनो मतबाट विजयी बनेका थिए । त्यसयता ओलीका निकट रहेका पोखरेल राजनीतिक जीवनको उत्तराद्र्धमा भने नयाँ मोडको खोजीमा देखिन्छन् ।
राजनीतिक जीवनमा मानिस सफलता अनि अन्तिम समयसम्म पनि वाहवाही चाहन्छ । नेपालको राजनीतिमा त झन यो पर्यास असाध्यै रोचक देखिन्छ । मृत्युपर्यन्त नेतरत्व लिने चाहनाका कारण नै राजनीति बद्नामित बन्न पुगेको चर्चा समेत हुने गर्छ । यस्तोमा राष्ट्रपति रामचन्द्र पौडेललाई पनि धेरैले उदाहरणको रुपमा लिने गर्छन् । पौडेलले राष्ट्रपति पदबाट बिदा भएपछि सक्रिय राजनीतिमा फर्किने चाहना नराख्नेमा दुविधा छैन् । उमेरदेकि अन्य अवस्थाका कारण पनि सक्रिय हुने स्थिति देखिन्न । यहि फेरोमा पुग्ने प्रयासले एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पनि पछ्याइरहेको छ ।
पोखरेलले एमाले विधानमा रहेका दुई कुरालाई जोडले उठाउदै पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय बनाउने प्रयासलाई जोडतोडले अघि बढाएका छन् ।
भण्डारीलाई एमाले नेतृत्वमा स्थापित गर्न सके आफू राष्ट्रपति बन्न सकिने ठानेका पोखरेलले उमेरहद र दुई कार्यकालको व्यवस्था राख्नसकेमा मात्रै पनि ठूलो सफलता हात पार्ने स्थिति बन्न सक्छ । तर, काँग्रेसमा सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई सुरक्षित राजनीतिक अवतरणमा साथ दिएजस्तो एमालेमा ईश्वरलाई ओलीले साथ देलान् ? यो प्रश्न अहिले जटिल बनेको छ । तर अर्कोतर्फ केही को अड्कल छ ईश्वरलाई ओलीले नै सेफ ल्याण्डिङ गर्न दिँदैनन् ।
बरु पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीसँगकै टसलले ईश्वरलाई राजनीतिको उतरार्धमा अझ संकट थपिदिएको छ । किनकी हाल ईश्वरले पार्टीमा लिइरहेको वरिष्ठ उपाध्यक्ष पद नै खारेजी हुन लागेको छ । जसले इश्वरमाथि झनै संकट मौलाएको हो । विहीबार १० घण्टासम्म बसेको एमाले सचिवालय बैठकले विधान संशोधनसम्बन्धी विभिन्न प्रस्ताव अघि बढाएको छ । जुन विषयमाथि अहिले एमाले पोलिटव्यूरो बैठकमा छलफल भइरहेका छन् ।
सचिवालयले विधान संशोधनका लागि के–के प्रस्ताव ग¥यो ?
– वरिष्ठ उपाध्यक्ष पद हटाउने
– १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्ने
– महासचिव र उपमहासचिव–१÷१ जना मात्रै बनाउने
– उपाध्यक्ष – ५ जना मात्रै बनाउने
– सचिव – ७ जना मात्रै कायम राख्ने
– केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित गर्ने
– केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहने
– पोलिटब्युरो अब ८३ सदस्यमा झारिने
– सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने
– ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
यदी पार्टीले वरिष्ठ उपाध्यक्ष पद हटाएमा ईश्वर पाखरेलको लागि भावी राजनीतिका लागि अध्यक्षको दावेदारीबाहेक अन्य कुनै पद रहने छैन । या इश्वरले उपाध्यक्ष पदमा सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुनेछ ।
विकल्प साघुरिएका ईश्वर !
प्रस्तावित विधान संशोधनमा ओलीले आफू र आफू पक्षिय नेता अनुकुल तथा विरोधी नेता तह लगाउनेगरीको संशोधन खाका ल्याएको रुपमा पनि अथ्र्याइँदै आएको छ । एमालेको नेतृत्वका लागि ७० वर्षे हद र वरिष्ठ उपाध्यक्ष पद हटाउने तथा अन्य पदाधिकारी संख्या समेत घटाउनेसमेतको विषयले यो आशंकालाई थप बल पु¥याँछ ।
अर्कोतर्फ पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद हटाउने भन्ने विषयले भने ईश्वरललाई फाइदा गरेको छ । किनकी यही व्यवस्थामा टेकेर ईश्वरले पनि भावि महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन बाटो खुला हुन्छ । यद्यपि उनी अध्यक्षको दावी गर्ने स्थानमा छैनन् । बरु उनी भर्खरै सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगै मिलेर ओलीलाई तेस्रो कार्यकालको अध्यक्ष बन्नबाट रोक्नेमा जोढ दिइरहेका छन् ।
विद्या भण्डारी अध्यक्षका लागि दावी गर्दै राजनीतिमा आएपछि पार्टी नेतृत्वविरुद्धमा उभिँदै आएका ईश्वर र अध्यक्ष ओलीबीच बिहीबारको सचिवालय बैठकमासमेत नोकझोक भएको बताइन्छ । ओलीलाई भावी नेतृत्वबाट रोक्ने प्रयास स्वरुप केन्द्रीय कमिटिमा विधान संशोधन रोक्न आग्रह गर्दै पोलिटव्यूरो बैठक बस्नु अघि केन्द्रीय कमिटिमा जाने प्रस्ताव थप संशोधन गर्नुपर्ने भन्दै ईश्वरले फेसबुकमा स्टाटससमेत लेखेका थिए ।
इश्वरमाथि किन निर्मम ओली ?
ईश्वर पोखरेललाई एमालेमा आोलीकै समकालीन नेताका रुपमा लिइन्छ । उमेरका हिसाबले समेत समकालीन उनीहरुको राजनीतिक यात्रा आरम्भ पनि केही वर्षको फरकमा मात्रै भएको देखिन्छ । एमालेको आठौँ र नवौँ महाधिवेशनमार्फत महासचिवमा निर्वाचित भई दुई कार्यकाल काम गरेका ईश्वरले पार्टीका विभन्न संगठनका मुख्य जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।
उनी माओवादी र एमाले मिलेर बनेको नेकपामा पनि सचिवालय सदस्य थिए । सोही बेलाको ओली नेतृत्वको सरकारमा ईश्वरलाई ओलीले रक्षामन्त्रीको जिम्मेवारी दिएका थिए भने चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा उनलाई वरिष्ठ उपाध्यक्ष बनाइयो ।
तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले फर्किएको घोषणा गर्दाताका भने नेतृत्वमाथि तिव्र ओलोचना गरेपछि अध्यक्ष ओली पनि ईश्वर पोखरेलसँग निर्मम बन्दै गएको विश्लेषण गरिँदै आएको छ । यस्तोमा ओली र ईश्वरबीच सांगठानिक र विचारगत कोणबाट पनि द्वन्द्व बढ्दै गएको छ ।
पार्टी नेतृत्वसँगको द्वन्द्वकाबीच ईश्वर राजनीतिक जीवनको उत्तरार्धमा काँग्रेसबाट रामचन्द्र पौडेलेजस्तै उच्च तहको राजनीतिक लाभ लिन सफल होलान् वा नहोलान् ? यो भने हेर्न बाँकी छ ।