News 24 Television
जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने 

जापान । जापानको टोकियोमा “जापान – नेपाल फुटबल संघ (एन्फा, जापान)को कार्यालय उदघाटन हुने भएको छ ।

आगामी असार २ गते (जुन १६ तारिख) आईतबार टोकियोको फुस्सा सि कुमागावामा “जापान नेपाल फुटबल संघ (एन्फा, जापान)”को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन गर्ने निर्णय भएको हो । 

जापान स्थित नेपाली राजदूत डा। दूर्गाबहादुर सुवेदी (दुबसु)को उपस्थितिमा  हुने उद्घाट्न समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र एनआरएनए आईसीसीका उपाध्यक्ष रविन प्रसाद शेरचनको समेत उपस्थिति रहने छ । 

यस्तै कार्यक्रम नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं राजु काजी शाक्य, राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडीहरु उमेश प्रधान र हरि खड्का, जापान फुटवल एशोसिएसनको प्रशिक्षक ताकेदा चियेकी र कलाकार राजु लामाको समते उपस्थिति रहने छ । 

391dc50b-e1f5-4a2b-a0fa-2527c977db29-1715417845.jpg
 

जापान – नेपाल फुटबल संघ (एन्फा जापान)लाई आधिकारिक मान्यता प्रदान गर्न अखिल नेपाल फुटबल संघ ९एन्फा० का पदाधिकारी जापान आउन लाग्नु भएको जापान – नेपाल फुटबल संघ ९एन्फा जापान० का संयोजक शिब खड्काले जानकारी दिए । 

संयोजक खड्काले कार्यालय उदघाटनसंँगै कार्य समिति घोषणा, नयाँ कार्यसमितिका सदस्यहरुको सपथ ग्रहण र विधान पारित गर्ने कार्यक्रम तय भएको समेत बताए । 

कार्यालय उद्घाटनकै दिन ६ टिमको सहभागितामा च्यारिटी म्याच समेत खेलाइने भएको छ । खेल नकआउटको आधारमा हुने छ । 

च्यारिटी म्याचमा सहभागी टिमको नेतृत्व  टिम नेपाल रातो (अ) को क्याप्टेन प्रमुख अतिथि राजदूत डा।दुर्गाबहादुर सुवेदी (दुबसु) रहने छन भने  नेपाल निलो (अ) टिमको क्याप्टेन राजु काजी शाक्य हुने छन् । यस्तै एन्फा नेपाल (अ) टिमको क्याप्टेन एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले गर्ने छन् । 

यस्तै टिम सगरमाथा (अ) को क्याप्टेन हरि खड्का हुनेछन भने रारा (अ) टिमको क्याप्टेन उमेश प्रधानले गर्नेछन् । यस्तै आईसीसी एनआरएन ११ (अ) को क्याप्टेन रविन शेरचनले गर्नेछन् । 

खेल हाचीओजी टोकियोमा स्थानीय समय अनुसार अपरान्ह ३ बजे देखि राति ८ बजे सम्म हुने छ । खेल हेर्न उपस्थित भइदिन हुन एन्फा जापानका संयोजकले जापानमा रहेको नेपाली नागरिकलाई अनुरोध समेत गरेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update