
काठमाडौं । ७३औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शनिवार काठमाडौंमा ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपाली सेनाका सविन कार्कोले १९.१३ मिनेटमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरेका छन् ।
नेपाली सेनाकै धनबहादुर शाही ले १९.१८ मिनेटमा दुरी पार गर्दे दोश्रो तथा शसस्त्र प्रहरी बलका मिन बहादुर बस्नेत ले २०.२१ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।
भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतिघर, वानेश्वर, तिनकुने, हुदै त्रि.वि . भन्सार कार्यालयसम्म दौड प्रतियोगिता रहेको थियो । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी वल, भन्सार कर्मचारी, भन्सार एजेन्ट, पारवहन तथा गोदाम व्यवस्थापन समिति , लागु औषध ब्यूरो, नेपाल फ्रेट फरवार्डरस एसोसिससनसहित २०० जना प्रतियोगीहरुको सहभागीता रहेको थियो ।
विजयी प्रतियोगीहरुलाई आइतबार २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिवि भन्सार कार्यालयमा विशेष समारोहकाबीच पुरस्कार प्रदान गरिने भन्सार एजेन्ट महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए । प्रथम हुनेले ३० हजार , दोश्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।