
काठमाडौं । अनुभवी ब्याटरबाट साथ नपाउँदा नेपालले घरेलु मैदानमा शुरु भएको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखलामा बिहीवार नेदरल्याण्ड्ससँग हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटरबाट राम्रो साथ पाउन नसक्दा नेपालले डच टोलीसँग २० रनको हार व्यहोरेको हो ।
नेपाल घरेलु मैदानमा शुरु भएको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखलाको पहिलो खेलमै पराजित भएको छ । बिहीवार नेदरल्याण्ड्ससँग नेपालले २० रनले हार व्यहोरेको हो । अनुभवी ब्याटरबाट साथ नपाउँदा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको कमजोर प्रदर्शन रहयो । आयोजक नेपालसहित नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित श्रृंखला बिहीवारदेखि त्रिवि क्रिकेट मैदानमा शुरु भएको हो । यस त्रिकोणात्मक श्रृंखलामा नेपालले हारबाट शुरुवात गरेको हो ।
रोबिने रिज्कीको अर्धशतक प्रेरणामा नेदरल्याण्ड्सले १५८ रनको लक्ष्य दिएको थियो । तर नेपालले निर्धारित ओभर नै खेले पनि सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो । ओपनर तथा अनुभवी ब्याटर सीता रानामगरको २८ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । सुस्तमा ब्याटिङ गर्दै सीताले ४५ बलमा तीन चौका हिर्काइन् । कविता जोशीले २७ रन जोड्दा पूजा महतोले २४ रनको योगदान दिइन् ।
कविताले १७ बलमा एक चौका र दुई छक्का हिर्काइन् । १४ बल खेलेकी पूजाको इनिङमा समान दुई चौका र छक्का रह्यो । कप्तान इन्दु बर्मा ७ र पूर्वकप्तान रुविना क्षेत्री ११ रनमा नै आउट भए । नेपालले शुरुदेखि निडरपूर्वक ब्याटिङ गर्न सकेन र १७ रनमा पहिलो विकेट गुमायो । ३.४ ओभरमा ओपनर सम्झना खड्का ९ रनमै पेभेलियन फर्किइन् । खासै ठूलो साझेदारी बन्न नसक्दा नेपालीको ब्याटिङ दबाबमा प¥यो ।
पाँचौं विकेटका लागि पूजा र सीताबीच ३४ रनको साझेदारी बन्यो । यी दुई क्रिजमा रहँदा नेपाली समर्थकले जित आशा राखेका थिए । तर आक्रमक ब्याटिङ गरिरहेकी पूजा १३.३ ओभरमा पेभेलियन फर्किइन् । फ्रेडेरिकेको बलमा उनी हन्नाह लन्धिरबाट क्याच भइन् । पूजाको विकेटसँगै डच बलर हाबी भए ।
डच टोलीको बलिङमा क्यारोलिन डी लेन्गे र इभा लिन्चले समान दुई विकेट लिए । आइरिस ज्विलिङ र पे्रmडेरिक ओभरडिकको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १५७ रनको योगफल बनाएको थियो ।
खराब शुरुवातका बाबजुद पाहुना टोली समालिन सफल भयो । पहिलो दुई ओभरमा ओपनर फेबे मोल्केनबोइर शुन्यमा र कप्तान बेबेटे डी लिडे ६ रनमा नै पेभेलियन फर्किए । फेबेलाई कविता कुँवर र बेबेटेलाई पूजा महतोले पेभेलियन फर्काउँदै घरेलु टोलीलाई राम्रो शुरुवात दिलाएका हुन् । तर रोबिने ५९ रनमा नटआउट रहँदै राम्रो योगफलमा पु¥याइन् । उनले ४८ बलमा आठ चौका हिर्काइन् । मध्य क्रमकी ब्याटर आइरिसले ३१ रन जोड्दा ओपनर स्टेर कालिसले २९ रनको योगदान दिइन् । आइरिसले १३ बलमा पाँच चौका प्रहार गरिन् ।
३५ बल खेलेकी स्टेरको इनिङमा चार चौका रह्यो । हेथर सेगर्सले २३ रन बनाइन् । १९ बलमा उनले समान एक चौका र छक्का हिर्काइन् । नेदरल्याण्ड्सले तेस्रो र चौथो विकेटका लागि महत्ववपूर्ण साझेदारी ग¥यो । तेस्रो विकेटका स्टेर र रिज्केबीच ४७ रन, पाँचौं विकेटका लागि रिज्के र हिथरबीच ५४ रनको साझेदारी बन्यो ।
नेपालको बलिङमा कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता रानामगरले समान एक विकेट लिए । यसै खेलबाट नेपालका विकेटकिपर ब्याटर अलिशाकुमारी यादव र स्पिनर मनिषाकुमारी उपाध्यायले ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।