News 24 Television
हिमाल हसाउँन सफाई अभियान ! एक युवाको कदममा भविष्यको ज्ञान
हिमाल हसाउँन सफाई अभियान ! एक युवाको कदममा भविष्यको ज्ञान नेपालका हिमाल, पहाड र नदी–नालाहरू हाम्रो पहिचान, हाम्रो गौरव हुन् । तर, पर्यटकीय गतिविधि बढ्दै जाँदा यिनै प्राकृतिक सम्पदामा फोहोरको थुप्रो बढ्दै गएको छ । 
विपक्षीको आवाजले मधेशमा लफडा ! मन्त्रीको नामले सहमति भताभुङ्ग !
विपक्षीको आवाजले मधेशमा लफडा ! मन्त्रीको नामले सहमति भताभुङ्ग ! मधेश प्रदेशको बजेट पारित नहुँदै किचलो झनै बढ्दै गएको छ । मधेश प्रदेश सरकारको आगामी बजेटमाथि अझै छलफल शुरु हुन सकेको छैन । 
छायाँ सेन्टरको छायाँमा लुकेको लुट योजना ! शक्तिशाली व्यापारीको आईपीओ अस्त्र 
छायाँ सेन्टरको छायाँमा लुकेको लुट योजना ! शक्तिशाली व्यापारीको आईपीओ अस्त्र  काठमाडौं शहरको पनि बीच शहर अर्थात आर्थिक हिसाबले पनि शक्तिशाली ठाउँमा खडा भएको छायाँ सेन्टरले आमसर्वसाधारण लुट्ने कसरी भन्नेतर्फ ध्यान दिएको धेरै भयो । दश वर्षदेखि मुद्दामामलाको झमेलामा रहेका यस छायाँ सेन्टरका व्यापारी आईपीओ जारी गरेर आफ्नो लगानी सुरक्षित गर्ने र त्यसपछि सर्वोच्चबाट फैसला जे भएपनि के मतलब भन्नेतर्फ चरणबद्ध...
मन्त्री फेर्न किन राजी भएन काँग्रेस ? एमाले भने तम्तयार !
मन्त्री फेर्न किन राजी भएन काँग्रेस ? एमाले भने तम्तयार ! केपी शर्मा ओली नेतृत्वको सरकार बनेको यही असारमा एक वर्ष पूरा भयो । ओलीले गत वर्षको असार ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गरेका थिए । संसदका दुई ठूला दलहरु काँग्रेस र एमाले मिलेर बनेको सरकारमा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन् । त्यसबाहेक काँग्रेस र अन्य साना दलहरुले सरकारको प्रतिनिधित्व गरिरहेका...
पत्रकारहरूको स्वास्थ्य बीमा गर्ने बागमती प्रदेश सरकारको घोषणा, ‘भिमेश्वरको प्रतिबिम्ब’ सार्वजनिक 
पत्रकारहरूको स्वास्थ्य बीमा गर्ने बागमती प्रदेश सरकारको घोषणा, ‘भिमेश्वरको प्रतिबिम्ब’ सार्वजनिक  बागमती प्रदेश सरकारले पत्रकारहरूको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य बीमा कार्यक्रम ल्याउने घोषणा गरेको छ। 
सिन्धुपाल्चोकमा खतरा नै खतरा ! १७ हजारको उठिवास लाग्दै !
सिन्धुपाल्चोकमा खतरा नै खतरा ! १७ हजारको उठिवास लाग्दै ! गतवर्ष भन्दा पनि यस वर्ष वर्षा उच्च भइरहेकाले सिन्धुपाल्चोकवासीको उठिबास लाग्ने अवस्था आइरहेको छ । लगातारको वर्षाले गर्दा सिन्धुपाल्चोकका पहाडी क्षेत्रमा पहिरो र भू–चिरा पर्दा बस्ती जोखिममा रहेपछि नागरिक खुला चौर र टहरामा बस्न थालेका छन् । यहाँ वर्षेनी यहि समस्या दोहोरिन्छ । वस्ती सार्ने प्रयास पनि गरिन्छ । 
काँग्रेसमा बढ्यो कलह, अनुशासन कारबाहीले शेखर समूहमा तरंग
काँग्रेसमा बढ्यो कलह, अनुशासन कारबाहीले शेखर समूहमा तरंग नेपाली काँग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीभित्रको आन्तरिक कलहलाई थप चर्काएको छ । नेता डा. शेखर कोइराला र केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीबीचको आरोपप्रत्यारोपले नेताहरूमाथि कारबाहीको दण्ड समेत चलेको छ । केन्द्रीय समिति बैठकमा डा. कोइरालाले चौधरीलाई पार्टीको विधान, प्रक्रिया र मापदण्डको उल्लंघन गर्दै केन्द्रीय सदस्य बनाइएको आरोप...
Weather Update