सत्ताको संकट मोचन ! लोभको दाउ–दाउले चल्दै नेताका पाउ !
आइतबार, फागुन ४, २०८१
अध्यादेशमा ओलीको कुटिल चाल, माधव तानेर प्रचण्ड एक्ल्याउने रणनीति !
आइतबार, फागुन ४, २०८१
संसदमा दर्ता भएको ६ अध्यादेशमध्ये ५ अध्यादेश पारित हुने संभावना भएपनि भूमी सम्बन्धि अध्यादेश अस्वीकृत हुने संभावना कायमै छ । प्रतिनिधिसभामा सत्ता पक्षको स्पष्ट बहुमत भएपनि राष्ट्रियसभामा विपक्षी दलहरु भारी बन्दा भूमी सम्बन्धि अध्यादेश सरकारको लागि निल्नुन ओकल्नु भइरहेको अवस्था छ । यसबाहेकका अन्य अध्यादेशहरु भने स्वीकृत हुने ढुक्कमा रहेको...
उठेका प्रश्न र आलोचनामाथि काँग्रेस–एमाले एकस्वर, ओलीलाई काँग्रेसको काँध !
शनिबार, फागुन ३, २०८१
संसद र सडकबाटै सरकारविरुद्ध विपक्षीको घेराबन्दी र प्रहार जारी छ । मुख्यतः अध्यादेश तथा शुसासनका सवालमाा ओली सरकारमाथि प्रश्नै प्रश्न छन् । त्यस्तै सरकारले चालेको कदम र गरेका निर्णयहरुलाई लिएर विपक्षीहरुले प्रधानमन्त्री ओलीमाथि घेराबन्दी गरिरहेका छन् ।
स्वर्गद्वारी गुठीले सधैं रडाको, सरकारलाई १५ दिने ठाडो आदेश !
शनिबार, फागुन ३, २०८१
स्वर्गद्वारी गुठीमा पुस्तौपुस्ता विताएको तर हालसम्म पनि जग्गाधनी नबनेका पीडितहरुको विषयमा संसदीय समितिमा छलफल भएको छ । गुठीमा देखिएका समस्या समाधान समग्रमा गर्न र चाडो निकास निकाल्न सरकारलाई संसदीय समितिले निर्देशन नै दिएको छ ।
समितिमा अल्झनः निजामति सेवामा श्रेणी कि तहगत ?
शनिबार, फागुन ३, २०८१
सरकारले ल्याएको निजामति सेवा विधेयकमा कर्मचारीको श्रेणीगत कि तहगत प्रणालीलाई राख्ने भन्ने विषयमा सांसदहरुबीच मत बाझिएको छ । कर्मचारीको श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणालीमा जाने निश्कर्षमा पुगेका सांसदहरु संविधानमा उल्लेख भएको ब्यवस्थाका कारण श्रेणी कि तहगत भन्नेबारे अन्योलमा परेका हुन् ।
लुम्बिनीमा अल्पकालिन भिक्षुसँगै त्रिपिटक पाठको रौनक
शनिबार, फागुन ३, २०८१
बुद्ध जन्मस्थल लुम्बिनीमा कुलपुत्र प्रवज्या अर्थात् अल्पकालीन भिक्षु कार्यक्रम र चौथौ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने भएको छ । लुम्बिनीमा फागुन दोस्रो हप्तादेखि यी दुई कार्यक्रम हुँदैछन् । यसपटक कुलपुत्र प्रवज्यामा ५ सय जना अल्पकालिन भिक्षुहरुलाई समावेश गराइदैछ ।
देउवाले भित्रभित्र अर्को योजना बनाउँदै, महाधिवेशको कुरा यस्तो !
शनिबार, फागुन ३, २०८१
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको जमघट बाक्लिन थालेको छ । सत्ता सञ्चालनमा देखिएको समस्या, आगामी महाधिवेशनमा देखिन सक्ने राजनीतिक ध्रुवीकरण लगायतका विषयमा शुक्रबारको जमघटमा छलफल भएको बताइएको छ । यस बैठकले आगामी राजनीतिक परिदृष्यबारे कस्तो धारणा बनायो त ?
अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !
शनिबार, फागुन ३, २०८१
सरकारले ल्याएको अध्यादेशको प्रक्रियामै प्रश्न गरिरहेको प्रतिपक्षी दल र अध्यादेशबाट शासन गर्न खोज्नु निरंकुशतातर्फको बाटो तय गर्नु भनिरहेको कांग्रेसको एक पक्षका कारण प्रधानमन्त्री केपी ओली तनाब र दबाबमा देखिन्छन् ।
भारतीय उर्जामन्त्री नेपाल आएपछि मात्रै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने दाबी
शुक्रबार, फागुन २, २०८१
उनले छिटै नै भारतीय उर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने बताए । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भग लिएर स्वदेश फर्किएका मन्त्री खड्काले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरु (विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग) सँग भेट...
के माओवादीले पुनः युद्धको संकेत गरेको हो ? फेरि यसरी गर्जिए प्रचण्ड !
शुक्रबार, फागुन २, २०८१
२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्ध १० वर्षसम्म चल्यो । यही आन्दोलको जगबाट मुलुकमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको मानिँदै आएको छ । र, यसलाई माओवादी केन्द्रले ऐतिहासिक दिनका रुपमा लिँदै आएको छ । माओवादीले जनयुद्धको घोषणा गरेको पनि ३० वर्ष पुगिसकेको छ...
चन्द्रागिरीमा राजकुलो मिचिदाँ ढल घर–घरमा
शुक्रबार, फागुन २, २०८१
काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ र १२ नम्बर वडाको सिमानामा पर्ने सुगम बस्ती भित्र दिशा पिसाब सहितको ढलको पानी घर भित्र पस्दा त्यसले महामारीको जोखिम बढाएको छ । यस बिषयमा स्थानीयहरुले नगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले कुनै चासो देखाएको छैन ।
