सत्तारुढ दलमै किचलोः भवन अभावको कारण देखाइँदै
शुक्रबार, पुस २५, २०८२
गत साउन अन्तिम सातादेखि बागमती प्रदेशसभा ठप्प छ । जेनजी आन्दोलन हुनुअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि गत साउन २७ गते बागमती प्रदेशसभाको बैठक बसेको थियो । त्यसयता अहिलेसम्म बस्न सकेको छैन । लामो समयदेखि ठप्प भएको प्रदेश सभा बैठक ५ महिना देखि अन्यौलमा छ ।
