News 24 Television
सर्लाहीका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना
सर्लाहीका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना चाडबाडमा यात्रुको सहजता र सुरक्षाका लागि सर्लाहीका विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीकोे समन्वयमा जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीले विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको हो ।
युवाहरूको धक्काले देश परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य
युवाहरूको धक्काले देश परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा झमकुमार विश्वकर्मा र डा निकोलस भुषाल लगायतले जेनजी आन्दोलनपछिको परिवर्तनलाई व्यवस्थापन गरि मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र समर्थन लिएर अघि बढ्नुपर्ने धारणा राखे ।
भोटेकोशी गाउँपालिकामा तोडफोड : सेयर विवादले चर्कायो तनाव
भोटेकोशी गाउँपालिकामा तोडफोड : सेयर विवादले चर्कायो तनाव माथिल्लो भोटेकोशी पावर कम्पनीले स्थानीयलाई सेयर नदिएको विषय चर्किँदै जाँदा भोटेकोशी गाउँपालिकामा सोमबार तोडफोड भएको छ । एक सातादेखि बन्द भएको पावरहाउस सञ्चालन गर्न कम्पनी र पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा सहित जनप्रतिनिधिसँग छलफल चलिरहेका बेला आन्दोलनरत स्थानीयलाई बेवास्ता गर्दै बैठक गरिएको थाहा पाएपछि माहोल भड्किएको हो ।
शिवम् शिमेन्टद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सरसफाई
शिवम् शिमेन्टद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सरसफाई हालैको जेन-जी आन्दाेलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।
सुरेश रिजाललाई 'साइन्टिफिक पब्लिसिङ एण्ड एडिटोरियल एक्सिलेन्स' पुरस्कार
सुरेश रिजाललाई 'साइन्टिफिक पब्लिसिङ एण्ड एडिटोरियल एक्सिलेन्स' पुरस्कार वैज्ञानिक प्रकाशन क्षेत्रमा उल्लेखनीय योगदानका लागि ओमवे टेक्नोलोजिज प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश रिजाललाई “साइन्टिफिक पब्लिसिङ एण्ड एडिटोरियल एक्सिलेन्स” पुरस्कार प्रदान गरिएको छ।
कमलपोखरीमा रामदेबेराको बाबा रामदेवजीको भजनोत्सव हुँदै 
कमलपोखरीमा रामदेबेराको बाबा रामदेवजीको भजनोत्सव हुँदै  भाद्र महिनाको दशमी तिथि (भाद्र १७ गते) को अवसर पारेर बाबा रामदेव भक्त मण्डल, काठमाडौंले आयोजना गर्न लागेको यो कार्यक्रम मङ्गलबार दिउँसो ३ बजेबाट सुरु हुनेछ।
काठमाडौँमा ३ दिने अहिंसा महोत्सव सम्पन्न
काठमाडौँमा ३ दिने अहिंसा महोत्सव सम्पन्न  नेपाल शाकाहारी संघद्वारा आयोजित ३ दिने ‘अहिंसा महोत्सव नेपाल’ (अहिंसा फेस्टिभल नेपाल) कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
Weather Update