News 24 Television
ओली सरकारको एक वर्ष : भ्रष्टाचारमा मौन, प्रतिशोधमा सक्रिय 
ओली सरकारको एक वर्ष : भ्रष्टाचारमा मौन, प्रतिशोधमा सक्रिय  यस अवधिमा सरकारमा रहेका मन्त्रीहरू अनेकौं भ्रष्टाचार काण्डमा मुछिए । गृहमन्त्री स्वयं संलग्न रहेको भिजिट भिसा काण्ड, मानव तस्करीसँगै जोडिएको प्रधानमन्त्रीको स्पेन भ्रमण, भूमिमन्त्री र सामान्य प्रशासन मन्त्रीसँग जोडिएको आर्थिक लेनदेन प्रकरण र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको बिचौलियासँगको स्वार्थपरक मोबाइल सम्वाद आदि प्रतिनिधि काण्डहरू हुन् । 
पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित
पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथि गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर ज्यादतीको रूपमा उल्लेख गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ। साथै, पत्रकारको सुरक्षामा राज्यले विशेष चासो दिनुपर्ने दाहालको भनाइ छ।
Weather Update