News 24 Television
 चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमको चर्चा
 चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमको चर्चा फ्रेण्ड्स अन क्लाउड नामक संस्थाले काठमाडौँमा गरेको कार्यक्रममा पूर्व सचिव देवेन्द्र सिटौला, संस्थाका अध्यक्ष शोभित उप्रेती, हालै चीन भ्रमणबाट फर्केका पत्रकार रोहन श्रेष्ठ, चलचित्र नायक कृष्ण मल्ल लगायतले राष्ट्रपति सीका ८ नियम र आफनो अनुभवबारे धारणा राखेका थिए ।
रोकिएन योगेशको आरोलो यात्रा, गृहजिल्लामै शैचालयमा थुनिँदो अप्ठेरो 
रोकिएन योगेशको आरोलो यात्रा, गृहजिल्लामै शैचालयमा थुनिँदो अप्ठेरो  केबलकार निर्माणको पक्षमा दृढ अडान लिएका भट्टराई कहिले आफ्नै जिल्ला प्रवेशमा रोक लाग्छ त कहिले शौचालयभित्र थुनिनुपर्ने अवस्था आइपर्छ । गत शुक्रबार भट्टराई पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेसहित हेलिकप्टर चढेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपमा आयोजित कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन कार्यक्रममा पुगेका थिए । तर, उनी त्यहाँ शौचालयभित्र थुनिनुपर्ने अवस्था आइपर्यो । 
लुम्बिनीका मुख्यमन्त्री भन्छन्- 'बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ'
लुम्बिनीका मुख्यमन्त्री भन्छन्- 'बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ' मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने सोच र योजना बनाएको भन्दै त्यसलाई अगाडी बढाउन आफूले पहल थालेको बताए । उनले रुपन्देहीको विकासको लागि स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार रहेको दाबी समेत गरे ।  
कर्मचारी सङ्गठनले ११ बुँदे मागसहित राज्य व्यवस्था समितिलाई बुझाए पत्र
कर्मचारी सङ्गठनले ११ बुँदे मागसहित राज्य व्यवस्था समितिलाई बुझाए पत्र ज्ञापन पत्र बुझ्दै सभापति खतिवडाले राज्यको स्रोत र साधनले भ्याएसम्म कर्मचारीहरूका सुविधाहरूलाई व्यवस्थित गर्नेगरी कानून ल्याइने प्रतिवद्धता व्यक्त गरे । उनले वर्तमान व्यवस्था र संविधान निर्माणमा कर्मचारीहरूको उल्लेखनीय भुमिका रहेको बताउँदै यसको संरक्षण अझ महत्वपूर्ण भुमिका हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कर्मचारीहरूको हितमा गर्न सकिने काम गर्ने विश्वास समेत...
'सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रम मात्र नबनाइयोस्'
'सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रम मात्र नबनाइयोस्' जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य भए पनि सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सिमिति राख्न खोजिएको आरोप लगाए । सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनुपर्ने उनको...
Weather Update