News 24 Television
सत्ता उलटफेर हुनेबारे प्रचण्ड–गगन जुहारी
सत्ता उलटफेर हुनेबारे प्रचण्ड–गगन जुहारी सरकारबाट बाहिरिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्री बन्न हप्तामा एक पटक आग्रह गर्ने गरेको कांग्रेस महामन्त्री गगन थापाले दाबी गरेका थिए । तर प्रचण्डले भने सरकार परिवर्तनका लागि कांग्रेससँग कुनै पहल नगरेको बताएका छन् । 
भैरहवा विमानस्थलबारे फेरि रडाको, महानिर्देशकलाई यस्तो चेतावनी !
भैरहवा विमानस्थलबारे फेरि रडाको, महानिर्देशकलाई यस्तो चेतावनी ! भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय विवादमा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिएको अभिव्यक्तिका कारण विमानस्थल सञ्चालनमा फेरि तनाव सिर्जना हुने त होइन भन्ने चिन्ता बढेको छ । 
रविसँग आजको बयान सकियो, बाँकी आइतबार लिइने
रविसँग आजको बयान सकियो, बाँकी आइतबार लिइने पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा लिइएकाे आजको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो । अब आईतवार थप बयान लिनेगरी आजको लागि बयान सकिएको बताइएको छ ।
अव्यवस्थित शहरीकरण नेपालको प्रमुख चुनौती
अव्यवस्थित शहरीकरण नेपालको प्रमुख चुनौती मन्त्री सिंहले प्राकृतिक घटनाहरू मात्र नभएर पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि समस्या व्यहोरिरहेको बताए । उनले नेपाल बारम्बार भूमकम्पीय प्रकोपको चपेटामा परेको उल्लेख गर्दै भारी वर्षा र भारी हिमाली भूगोलले...
सडक बनि नसक्दा ठाउँ–ठाउँमा भ्वाङ, सिन्धुलीमा चकमके सडकको हरिविजोग !
सडक बनि नसक्दा ठाउँ–ठाउँमा भ्वाङ, सिन्धुलीमा चकमके सडकको हरिविजोग ! सिन्धुलीमाढी चकमके सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । कमलामाई नगरपालिका ७ माझिटारबाट जिर्घा पुल सम्म १४ किलोमिटर नाला सहित पक्क सडक निर्माण भएको छ । तर निर्माण सम्पन्न भएको पीच भने भत्किन थालेको छ ।
नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री
नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् । बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँगको कुराकानीका क्रममा उनले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले यसले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्ने बताए ।
Weather Update