News 24 Television
पोखरा उपत्यकामा ४५ प्रजातिका पानी चराको अभिलेख
पोखरा उपत्यकामा ४५ प्रजातिका पानी चराको अभिलेख पोखरा उपत्यकामा जलपन्क्षी गणना शुरु भएको छ । विश्वमा सन् १९८७ देखि वर्षेनि नियमित रूपमा चरा गणना गरिँदै आएको छ । जलपन्छी गणना कार्यक्रम पोखरा उपत्यकामा रहेका ताल, नदी र खोलामा गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित गणना र अभिलेख राखिदै आएको छ ।
पोखरामा फोहोर व्यवस्थापनमा समस्या, वडा नं ३३ मा प्रशोधन केन्द्र निर्माणमा स्थानीयको अवरोध
पोखरामा फोहोर व्यवस्थापनमा समस्या, वडा नं ३३ मा प्रशोधन केन्द्र निर्माणमा स्थानीयको अवरोध पोखरा महानगरपालिका वडा नम्बर–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माणको विषयले उग्र रुप लिएको छ । प्रशोधन केन्द्रको विरोध गर्दै आएका पोखरा महानगरपालिका वडा नं ३३ का केही स्थानीयले वडा कार्यालय र सुरक्षाकर्मीको सवारी तोडफोड गरेका छन् ।
४ वर्षमा पनि मेलम्चीबासीले न पाए राहत, न भए पुनःस्थापित
४ वर्षमा पनि मेलम्चीबासीले न पाए राहत, न भए पुनःस्थापित मेलम्ची खोला अहिले शान्त देखिन्छ । तर किनारमा बगर बनेका खेत, जोखिममा उभिएका घर र अस्थायी टहरामा बसेका मानिस देख्दा त्यहाँ पुग्ने जो कसैको मन फेरि एकपटक अशान्त बन्छ । विचलित हुन्छ । विक्रम संवत २०७८ साल असारको बाढीपछि साढे चार वर्ष बितिसक्दा पनि मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल क्षेत्रका...
अनधिकृत विज्ञापन बिजुलीको पोलपोलमा, सिद्धार्थनगर नगरपालिका किन मौन ?
अनधिकृत विज्ञापन बिजुलीको पोलपोलमा, सिद्धार्थनगर नगरपालिका किन मौन ? अनाधिकृत रुपमा सिद्धार्थनगरका बजार क्षेत्रका विद्युतका पोलहरुमा भारतीय व्यवसायी र अस्पतालहरुका विज्ञापनका पर्चा पम्पलेट टाँसिदा बजार क्षेत्र कुरुप देखिएको छ । अनुमती विनै गरिएका यस्ता प्रचार रोक्न स्थानीय पालिकाले ध्यान दिएको छैन । तर यस्ता विज्ञापनहरुे भने आमनागरिकमा भ्रम समेत सिर्जना गरेको भन्दै स्थानीय स्तरमा विरोध शुरु भएको छ ।
गरिबीको मारमा सदा परिवार, छोरी अस्पतालमै, आमाको मृत्युले झन बेहाल
गरिबीको मारमा सदा परिवार, छोरी अस्पतालमै, आमाको मृत्युले झन बेहाल सप्तरीको विष्णुपुर गाउँपालिका–६ रन्जितपुरका दिनेश सदालाइ गरिवीको पीडाले सताएको छ । अचानक बिरामी भएकी छोरीको उपचारमा रहेको सदाले आमा गुमाउँदा अहिले काजक्रिया खर्च कसरी उठाउने भन्ने चिन्ताले सताएको छ ।
Weather Update