News 24 Television
काँकरभिट्टामा बढ्यो चहलपहल, यात्रु सहायताका निम्ति प्रहरी र स्थानीय तह सक्रिय
काँकरभिट्टामा बढ्यो चहलपहल, यात्रु सहायताका निम्ति प्रहरी र स्थानीय तह सक्रिय दसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपालको पुर्वी नाका स्थित मेचीनगरको काँकरभिट्टा बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वका बेला सीमा नाका हुँदै नेपाल भित्रिने तथा बाहिरिने यात्रुको चाप बढ्ने भएकाले उनीहरूलाई आवश्यक सूचना, सुरक्षा र सहजीकरण उपलब्ध गराउन सहायता कक्ष सञ्चालन गरिएको हो ।
इन्द्रजात्राको रौनाक
इन्द्रजात्राको रौनाक काठमाडौं उपत्यकाको काठमाडौँ शहर यतिबेला देवदेवी, रथ, लाखे र पुलुकिसीको रंगमा रंगिएको छ । अर्थात काठमाडौको सबैभन्दा उल्लासमय पर्व इन्द्रजात्रा शुरु भएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधनासँग जोडिएको इन्द्रजात्राको मुख्य आकर्षण कुमारी, गणेश र भैरवको रथयात्रा शुक्रबारबाट सुरु भएको छ ।
Weather Update