गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरमा)
मंगलबार, जेठ १३, २०८२
भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन आयोग बनाउन रास्वपाको माग
मंगलबार, जेठ १३, २०८२
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पती शुद्धिकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका हुन् ।
माओवादी युद्धमा कांग्रेस एमाले आक्रामकः प्रचण्ड–ओली तनाव चर्किने संकेत
सोमबार, जेठ १२, २०८२
माओवादी अहिले मध्यपहाडी क्षेत्रको अभियानबाट काठमाडौं आएको छ । देशभर अभियान सञ्चालनमा होमिएको माओवादीले जनतासंग साथ दिन अपिल गरिरहेको छ भने सरकारमाथि अनेक प्रश्नले प्रहार गरिरहेको छ । तर, सत्तारुढ दल कांग्रेस एमाले भने माओवादी युद्धबारेका टिप्पणीमा उत्रिन थालेका छन् ।
सत्ताको गणित बलियो, मनोबल कमजोर
सोमबार, जेठ १२, २०८२
सरकार ढल्दैन भन्दै अडिग देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको बोली चिया पसलदेखि संसद् भवनसम्म चर्चाको विषय बनिरहेको छ । तर, उनी जति पटक यो भनाइ दोहोर्याउँछन् त्यति नै पटक सरकार ढल्ने हो कि भन्ने जनमानसमा आशंका पैदा हुन्छ । लामो रस्साकस्सीपछि भएको गभर्नर नियुक्तिले सरकारको संकट टरे पनि सत्तारुढ प्रमुख...
भ्रष्टाचारमा पनि दलहरुको पक्षपोषण
सोमबार, जेठ १२, २०८२
नेपालका राजनीतिक दलहरुले सुशासनको रटान निकै लगाउँछन् । आफ्ना दलका नेतृत्वकर्ताले बदमासी गर्दा बचाउमा उत्रिनेहरु फरक दलका नेतामाथि प्रश्न उठ्दा सदनदेखि सडकसम्म नै होक्रो फुलाइ फुलाई आलोचनामा उत्रिन्छन् । नयाँ र पुराना सबै दलका नेताहरुमा यस्तै छेपारो प्रवृति देखिने गरेको छ ।
कांग्रेसभित्रैबाट राजीनामा माग, एमाले बचाउमाः रास्वपाको प्लान के बन्यो ?
सोमबार, जेठ १२, २०८२
गृहमन्त्री रमेश लेखक पदीय संकटमा फसेका छन् । कांग्रेसभित्रैबाट राजीनामा माग्नेदेखि बचाउ गर्नेसम्मका विषय आइरहेको बेला एमालेले पनि यसलाई सरकारको आन्तरिक विषय भनिरहेको छ । यो घटनाक्रम चलिरहँदा के अब भिजिट भीसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन बाध्य पारिएला त ?
देउवालाई फकाउन गृहमन्त्री प्रकरणमा एमाले मौन
सोमबार, जेठ १२, २०८२
भिजिट भिसा प्रकरणमा मुछिएका सरकारका गृहमन्त्री रमेश लेखकको राजीनामा गर्नुपर्ने चौतर्फी दबाब बढिरहँदा सत्तारुढ एमाले सचिवालय बैठकले राजावादी आन्दोलनलाई छायाँमा पार्ने गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
कांग्रेस एमालेबीच बढ्दै दूरी, सत्ताको लुछाचुडी जतिबेला पनि हुनसक्छ भताभुङ्ग !
आइतबार, जेठ ११, २०८२
संसदको पहिलो ठुलो दल र दोस्रो ठुलो दल एक साथ मिलेर शक्तिशाली सरकार निर्माण गरेको एक वर्ष पुग्नै लाग्यो । आफुलाई भीमकाय राजनीतिक शक्ति ठान्ने यि दलहरुले हामी शक्तिशाली छौं भन्दै हुंकार गर्न थालेको एक वर्ष हुन त लाग्यो तर, न मुलुकमा कुनै सुधार भएको छ, न त यि दलहरु...
कुलिङ पिरियडले रुवावासी ! हात हालाहालको अवस्था ! नेताका घरमा दौड
आइतबार, जेठ ११, २०८२
निजामति कर्मचारीहरु कुलिङ पिरियडलाई लिएर तनावमा छन् । उच्च तहको राजनीतिक भेटदेखि राजीनामाको चेतावनीमा उत्रिएका कर्मचारीहरु अवकाशको भोलिपल्टै संवैधानिक नियुक्ति खान पाउनुपर्ने दाउमा देखिन्छन् । तर, संघीय निजामती ऐनले कुलिङ पिरियडमा दुई वर्षको प्रावधान राखेपछि कर्मचारीहरुको वेचैनी छरपष्ट भइरहेको छ ।
भ्रष्ट प्रमाणित भए राजनीतिबाटै सन्यास लिने गृहमन्त्रीको घोषणा
आइतबार, जेठ ११, २०८२
गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
नैतिकताको कसीमा गृहमन्त्री लेखक, आफ्नो बोली आँफैलाई बोझ !
आइतबार, जेठ ११, २०८२
वर्तमान गृहमन्त्री रमेश लेखक विगत देखि नै नैतिकता र आदर्शका विषय जोडतोडले उठाउँदै आएका पात्र हुन् । उनी सदन र पार्टी भित्रकै छलफलमा पनि धेरैजसो आदर्श र नैतिकताका कुरा गर्दछन् । एकवर्ष अघि मात्रै पनि उनी सदनमा भ्रष्टाचार र ठगीमा नाम जोडिएका मन्त्रीहरुको नैतिकता जाँच गरिरहेका थिए ।


