News 24 Television
विष्णुपुर पालिकामा मल वितरणमा पक्षपातको आरोप, किसान सडकमा
विष्णुपुर पालिकामा मल वितरणमा पक्षपातको आरोप, किसान सडकमा सप्तरीको बिष्णुपुर गाउँपालिकामा मलखाद वितरणमा अनियमितता भएको भन्दै किसानहरू आक्रोशित छन् । पालिका अध्यक्षले आफन्तलाई मात्र मलखाद दिने गरेको आरोप लगाउँदै वितरण स्थलमा उनीहरुले विरोध जनाएका छन् । मल नपाउँदा किसान कसरी खेती गर्ने भन्नेमा चिन्तित छन् ।
टुसा व्यापारमा कडाई, पोखरामा माग भन्दा कम आपूर्ति
टुसा व्यापारमा कडाई, पोखरामा माग भन्दा कम आपूर्ति साउन लागेसँगै पोखराको बजारमा पहाडी क्षेत्रमा पाइने औषधीय गुणयुक्त टुसाको कारोबार सुरु भएको छ । पोखरा घुम्न आउने पर्यटकका लागि टुसा लोकप्रिय कोसेली बन्दै गए पनि यस वर्ष उत्पादन र आपूर्ति घट्दा व्यापार पनि सुस्त बनेको छ ।
न्यूज २४ दैनिकको प्रथम वार्षिकोत्सव सम्पन्न
न्यूज २४ दैनिकको प्रथम वार्षिकोत्सव सम्पन्न सो अवसरमा पब्लिकेशन्सका प्रबन्ध निर्देशक अदिश जोशीले छोटो समयमा नै दैनिक पत्रिकाले हासिल गरेको लोकप्रियताप्रति सम्पूर्ण टोलीप्रति आभार प्रकट गरे । उनले यो एक वर्षमा हासिल गरेको उपलब्धिका लागि सम्पादकीय, व्यवस्थापन र विज्ञापनका जुझारु टोलीलाई सफलताको श्रेयसमेत दिएका छन् ।
लुम्बिनीलाई आध्यात्मिक र वेलनेस पर्यटनको केन्द्र बनाउन सुझाव
लुम्बिनीलाई आध्यात्मिक र वेलनेस पर्यटनको केन्द्र बनाउन सुझाव प्राकृतिक सुन्दरता, आध्यात्मिक विरासत र परम्परागत उपचार पद्धतिले भरिपूर्ण नेपालमा ‘वेलनेस पर्यटन’को सम्भावना बलियो बन्दै गएको छ । विशेषगरी भैरहवा र बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आध्यात्मिक र आधुनिक वेलनेस सेवालाई जोड्न सके नेपाल विश्वकै प्रमुख स्वास्थ्य पर्यटन गन्तव्य बन्न सक्ने सरोकारवालाहरु बताउँछन् ।
दैलेखको ग्यास परियोजना किन अलपत्र ?
दैलेखको ग्यास परियोजना किन अलपत्र ? देशभर अहिले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज छैन । कतै उपभोक्ता सिलिन्डर बोकेर डिलरको ढोकामा लाइनमा छन्, कतै ग्यास पाउन दिनहुँ कुर्नुपर्ने अवस्था छ । ग्यास अभाव देखिँदा सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।
Weather Update