News 24 Television
सरकार–जेनजी सम्झौतापछि झनै खस्कियो निजी क्षेत्रको मनोबल
सरकार–जेनजी सम्झौतापछि झनै खस्कियो निजी क्षेत्रको मनोबल सरकारले पछिल्लो समय जेनजीसँग १० बुँदे सम्झौता गरेको छ, जसमा आन्दोलनमा संलग्नमाथि कारबाही नगरिने बुँदा पनि छ । यसले गर्दा निजी क्षेत्रको मनोबल झनै खस्किएको छ । भदौ २४ गतेको घटना र त्यसपछि विकासित राजनीतिक÷प्रशासनिक घटनाक्रमले नेपालको निजी क्षेत्रमा एउटा गम्भीर संशय पैदा गरेको देखिन्छ ।
एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबी : ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता
एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबी : ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ठूलो मात्रमा कर फिर्ता गरेको हो । आन्तरिक राजश्व विभागकाअनुसार आ.व. २०८१/०८२ मा कर फिर्ताको अवस्थालाई हेर्दा आन्तरिक राजश्व विभागमा कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुले ५२ करोड...
आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग
आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग गर्दै स्थानीय युवा, व्यापारीसहितका सम्बद्ध पक्षले सप्तरीस्थित सरकारी कार्यालयहरु बन्द गराएका छन् । स्थानीय बासिन्दाको आन्दोलनलाई स्थानीय तहहरुले पनि साथ दिएका छन् । आन्दोलनलाई एक्यवद्धता जनाउन गरेको आग्रह अनुसार जिल्लाका स्थानीय तहहरु बन्द गरिए भने सरमुकाममा सरकारी कार्यालयका सेवाहरु समेत प्रभावित भए ।
Weather Update