News 24 Television
विपक्षी रणनीतिले ओलीमा त्रास, देउवालाई दिँदैछन् समान हैसियत ! 
विपक्षी रणनीतिले ओलीमा त्रास, देउवालाई दिँदैछन् समान हैसियत !  काँग्रेस–एमाले गठबन्धनको सरकार बनेयता देखि नै सत्ताको आयुमाथि पटक पटक प्रश्न गरिँदै आएको छ । ओली नेतृत्वको सरकार बनाउन काँग्रेसले नै सहयोग गरेपछि यो समीकराणलाई सँधै शंकाकै रुपमा हेरिँदै आएको छ भने प्रतिपक्षी दलहरुले पनि यसमाथि गम्भीर प्रश्नहरु उठाउँदै आइरहेका छन् । 
रविविरुद्धको प्रतिशोध लगायत विविध विषयमा रास्वपाले विरोध गर्ने
रविविरुद्धको प्रतिशोध लगायत विविध विषयमा रास्वपाले विरोध गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अधिवेशनमा रवि लामिछानेलाई सम्पती शुद्धिकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्वनको विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् । उनले सरकारले राजनीतिक प्रतिशाेधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरीत राष्ट्रिय स्वतन्त्र पार्टी...
अदालतको आदेशले हैरानीमा रवि, धरौटीको भारले थचक्कै !  
अदालतको आदेशले हैरानीमा रवि, धरौटीको भारले थचक्कै !   पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आइतबार एक करोड धरौटीमा छाड्न आदेश दियो । सम्पत्ति सुद्धिकरण, सहकारी ठगी र संगठित अपराधका मुद्धा खेपिरहेका रविलाई विभिन्न जिल्लामा पुरक उजुरी परेका छन् ।  
ओखलढुंगामा यातायात व्यवस्था कार्यालय सार्न चलखेल, स्थानीय आक्रोशित 
ओखलढुंगामा यातायात व्यवस्था कार्यालय सार्न चलखेल, स्थानीय आक्रोशित  ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा यातायात ब्यवस्था कार्यालय स्थापना भएको करिब ५ वर्ष बित्यो । विशेष गरी माथिल्लो सगरमाथाका ३ जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका लागि स्थापना भएको यो कार्यालयले हालसम्म २८ हजार भन्दा बढीलाई सेवा दिईसकेको छ । 
एमालेपछि कांग्रेस पनि माओवादीसँग भिड्ने मुडमा, प्रचण्डको चाहना अधुरै !
एमालेपछि कांग्रेस पनि माओवादीसँग भिड्ने मुडमा, प्रचण्डको चाहना अधुरै ! संघीय संसद माघ १८ गतेदेखि शुरु हुँदैछ । त्यसको पुर्वतयारी तीब्र रुपमा चल्दै गर्दा संसदीय गतिविधि भने राजनीतिक दाउपेचतर्फ केन्द्रित बन्न थालेका छन् ।  सत्ता र प्रतिपक्षी दलबीचको मतभेद चुलिने संकेतले अबको संसद थप विवादतर्फ जाने त होइन ? चिन्ता थपिएको छ । चिन्तासंगै सत्ता उलटफेरका विभिन्न प्रयासमा समेत रोचक...
सामाजिक सञ्जाल कडाइ गर्दै सरकार, दुरुपयोग गर्नेलाई १ करोडसम्म जरिवाना !
सामाजिक सञ्जाल कडाइ गर्दै सरकार, दुरुपयोग गर्नेलाई १ करोडसम्म जरिवाना ! सामाजिक सञ्जालको प्रयोग बढ्दै गर्दा यसका विकृतिहरु बढेको भन्दै सरकारले अंकुश लगाउने प्रयास बारम्बार गर्दै आएको छ । यसअघि विकृति बढेको भन्दै तत्कालिन सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध नै लगाएको थियो । अहिले सामाजिक सञ्जालमाथि नियमन आवश्यक देखिएको भन्दै सरकारले ‘सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक २०८१’संसदमा दर्ता गराएको छ । 
औचित्यका प्रश्नदेखि एकताका चर्चाः मोर्चाको मक्सद र दलीय दाउ
औचित्यका प्रश्नदेखि एकताका चर्चाः मोर्चाको मक्सद र दलीय दाउ समाजवादी मोर्चाको कार्यक्रममा नेताहरुले मन माझामाझ गरेका छन् । मोर्चाप्रति प्रचण्डको चाहना नै छैन कि भन्ने आशंकासहित वामपन्थी एकता र सहकार्यका प्रश्नमा नेताहरुले धारणा राखेका छन् । मोर्चाको बैठकमा नेताहरुले शासकीय स्वरुपदेखि सरकारमाथिका असन्तुष्टी समेत छरपष्ट पारेका छन् । 
प्रचण्ड ओलीमाथि हाबीः प्रमलाई जवाफ दिनै हम्मेहम्मे किन ? 
प्रचण्ड ओलीमाथि हाबीः प्रमलाई जवाफ दिनै हम्मेहम्मे किन ?  राष्ट्रिय राजनीतिले सहि दिशा समातेको छ ? सरकारले स्थिरताको नाममा सुशासन कायम गर्न सक्ला ? सर्वसाधारणमा चासो देखिन्छ । दुई तिहाईको बलशाली सरकारले देशलाई कसरी डो¥याउला ? प्रतिपक्षीका प्रश्नको सामना कसरी गर्ला ? जवाफ खोज्न थालिएको छ । 
Weather Update