News 24 Television
हसिनाका कारण भारत बंगलादेशबीच तनाव हुन सक्ने खतरा 
हसिनाका कारण भारत बंगलादेशबीच तनाव हुन सक्ने खतरा  बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भारतमा शरण लिएको एक महिना पुगिसकेको छ । राजनीतिक शरण दिएकी हसिनाबारे भारतले आफ्नो अन्तिम निर्णय के हुन्छ भन्ने खुलाई सकेको छैन । 
सत्तामा खुट्टा तानातान्, बहसमा बाम एकताको रुझान् 
सत्तामा खुट्टा तानातान्, बहसमा बाम एकताको रुझान्  २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी विभाजित हुँदै जाँदा अहिले दर्जन बढी संख्यामा छन् । अधिकांशले संसदीय ब्यवस्थालाई अंगिकार गरेका छन् भने केहीले संसदीय ब्यवस्थाको विरोधमा छन् । 
आज हरितालिका तिज पर्व मनाइँदै
आज हरितालिका तिज पर्व मनाइँदै भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज मनाइँदैछ । विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरी तिज मनाउने गर्छन् । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ ।
परीक्षणमा ओलीको दम्भ, जनताको ‘राउण्ड किक’ले रणभूल्ल 
परीक्षणमा ओलीको दम्भ, जनताको ‘राउण्ड किक’ले रणभूल्ल  बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिना जनताबाट ‘निर्वासित’ हुनुपरेको घटना ताजै छ । झण्डै दुई दशकदेखि साशनसत्तामा रहेकी हसिनालाई विशेष आरक्षण प्राणालीविरुद्धको विद्यार्थी आन्दोलनले सत्ता मात्रै होइन, देशै छाड्नुपर्ने आवश्यकता आइलाग्यो । विद्यार्थीको बृहत आन्दोलनसामु शक्तिशाली सरकारको दम र कलिलो संसदको प्रेमले पनि हसिनालाई ‘निर्वासित’ गराउने रोकेन । 
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।
गाजामा हतियार तस्करी गरेको इजरायलको दाबी इजिप्टद्वारा अस्वीकार
गाजामा हतियार तस्करी गरेको इजरायलको दाबी इजिप्टद्वारा अस्वीकार इजिप्टले गाजापट्टीमा हतियार तस्करी गर्न इजिप्टको क्षेत्र प्रयोग भएको इजरायलको दाबीलाई अस्वीकार गरेको छ । इजिप्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको बयानलाई पूर्ण रूपमा अस्वीकार गरेको हो ।
एमसिसीलाई नेपालको कानुन अनुसार चलाउन र संसदीय नियन्त्रण गर्न माग 
एमसिसीलाई नेपालको कानुन अनुसार चलाउन र संसदीय नियन्त्रण गर्न माग  एमसिसीसँग अमेरिकाको खतरनाक सैन्य रणनीति जोडिएको लगायत तर्क गर्दै नेपालमा यसको व्यापक विरोध भएको थियो । तर पनि सम्झौतामा हात हालिसकेपछि राजनीतिक दलहरूले बाध्यतावश नै पारित गरेको बताइन्छ । एमसिसीको खरो विरोधी मानिएको नेकपा माओवादी केन्द्रसमेत सत्तामा रहँदा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्न लालायित भएको थियो । तर हाल आएर...
राजनीतिक स्थायित्व र अर्थतन्त्र लयमा फर्काउने काम गरेको दाबी
राजनीतिक स्थायित्व र अर्थतन्त्र लयमा फर्काउने काम गरेको दाबी प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका छन् । उनले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका हुन् ।
Weather Update