रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन : अर्थमन्त्री पौडेल
आइतबार, वैशाख २८, २०८२

अर्थतन्त्रको खाल्डो पुर्ने अर्थमन्त्रीको प्रतिवद्धता
आइतबार, वैशाख २८, २०८२
हरेक आर्थिक बर्षमा सरकारले आफनो राजश्वको स्रोत र अनुमान गरे अनुसारको बजेट कार्यान्वयन गर्न सकेको छैन । अनावश्यक आयोजनाहरु थप्ने र बजेट खर्च गर्न नसक्ने अवस्थामा सरकारले हरेक बर्ष बिनियोजन गरेको बजेट अनुरुप कार्यान्वयन हुन नसकेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको स्वीकारोक्ति छ । आगामी आर्थिक वर्षको बजेट कस्तो आउँदैछ...

आईपीओमा सन्तोषनारायणको बार्गेनिङ ! कसरी चल्दैछ भित्री धन्दा ?
बिहीबार, वैशाख २५, २०८२
नेपाल धितोपत्र बोर्डले जलविद्युत उत्पादकहरुले आईपीओ ल्याउन खोज्दा कमिसन मागेर दुःख दिएको आरोप लागिरहेको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले विचौलिया लगाएर कमिसन मागेको आरोपपछि यो विषय तातिएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफल नै औचित्यहिन
बुधबार, वैशाख २४, २०८२
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल भइरहेको छ । तर नीति तथा कार्यक्रममाथिको छलफलकै औचित्य नभएको सांसदहरुले बताइरहेका छन् । प्रमुख प्रतिपक्षी दलका नेतादेखि विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममाथिका छलफल कर्मकाण्डी मात्रै भएको बताइरहेका छन् ।

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप चर्कियो
मंगलबार, वैशाख २३, २०८२
भौतिक, पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले १२ देखि १४ हजार वटा योजनामा बजेट माग भएको बताए । उनले माग गर्न कुनै रोकतोक नभएका कारण सिंहदरबारमा घुँइचो नघटेको बताउँदै भने– ‘१२–१४ हजार योजनामा बजेट माग भएको छ । माग गर्न रोकतोक छैन, माग गर्नुहुन्छ । अहिले कुनै नीति नै छैन...

अब सरकारको नीति कस्तो ? भयंकर–भयंकर योजना !
शनिबार, वैशाख २०, २०८२
सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्र बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गरेका हुन् । जसमा संविधानको समीक्षादेखि सुशासन एवम् विकासका विभिन्न पक्षहरु समेटिएका छन् ।

कोशी प्रदेश लगानी सम्मेलनः स्वदेशी विदेशी लगानीकर्ताले खचाखच
शुक्रबार, वैशाख १९, २०८२
कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा विराटनगरमा शुरु भएको दुईदिने कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

केन्द्रकै रोग देखियो प्रदेशमा पनि
बिहीबार, वैशाख १८, २०८२
चालु आर्थिक वर्षको ८ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट खर्च भने ३० प्रतिशतमा सिमित रहेको छ । चालु आर्थिक वर्ष २०८१\८२ को बजेट ल्याएको प्रदेश सरकारले ८ महिनाको अवधीमा ३० प्रतिशत मात्रै खर्च गर्न सकेको पाइएको छ...

अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, आर्थिक वृद्धि ४.६१ प्रतिशत
बुधबार, वैशाख १७, २०८२
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो ।
कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण समेत सार्वजनिक गरेको छ ।
साताको लोकप्रीय