News 24 Television
पोखरामा सर्प र लाटोकोसेरो वडा घोषणा, अनुसन्धान प्रर्वद्धन गरिँदै
पोखरामा सर्प र लाटोकोसेरो वडा घोषणा, अनुसन्धान प्रर्वद्धन गरिँदै  पोखरा महानगरपालिका वडा नम्बर–२५ हेमजाले जैविक विविधता संरक्षण गर्न गोठे लाटोकोसेरोलाई ‘वडा पन्छी’ र राजगोमनलाई ‘वडा सर्प’को रूपमा घोषणा गरेको छ । पोखरा २५ का वडा अध्यक्ष मोतिलाल तिमिल्सिनाले लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा घोषणा गरेका हुन् । 
विपद्को जोखिम खतराको बिन्दुमाथिः खोई सरकारी तयारी ?
विपद्को जोखिम खतराको बिन्दुमाथिः खोई सरकारी तयारी ? जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यो वर्ष देशभर सरदरभन्दा अत्यधिक वर्षाको सम्भावना छ । बाढी, पहिरो, डुबान, चट्याङ, जमिन कटानजस्ता मनसुनजन्य विपद्बाट ४ लाख बढी घरधुरी जोखिममा छन् । विगतको भयानक तथ्यांक, राज्यको कमजोर पूर्वतयारी र यस वर्षको असामान्य वर्षा सम्भावनाले गम्भीर मानवीय संकटतर्फ उन्मुख भएको स्पष्ट संकेत दिइरहेको...
सोलुखुम्बुमा ५ कोल्ड चेम्बर, किसानहरुको मुहार उज्यालो 
सोलुखुम्बुमा ५ कोल्ड चेम्बर, किसानहरुको मुहार उज्यालो  पछिल्लो समय फलफुलको व्यवसायिक खेतीले देशका विभिन्न क्षेत्रहरूमा सम्भावनाका नयाँ ढोका खोलिरहेका छन । तर मौसम अनुसार उत्पादन हुने फलफुल समयमै बिक्री हुन नसक्दा भने किसानहरू ठूलो नोक्सानीमा पर्दै आएका छन । तर, अब सोलुखुम्बुका केही स्थानमा भने यस्ता समस्याको दीर्घकालीन समाधान खोजिएको छ ।  सोलुखुम्बुको विभिन्न फलफुल बगैचा क्षेत्रमा...
यातायात व्यवसायीबाट यूरो-६ मापदण्डको विरोध
यातायात व्यवसायीबाट यूरो-६ मापदण्डको विरोध यातायात ब्यवसायीहरुले युरो ६ प्रदुषण मापदण्ड लागू गरिएकोप्रति आपत्ति जनाएका छन् । आमसञ्चार र यातायातको सवाल विषयमा राष्टिय यातायात पत्रकार मञ्चले पाटनमा आयोजना गरेको अन्तरक्रियामा ब्यवसायीहरुले यूरो ४ को मापदण्ड अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा युरो ६ को मापदण्ड कार्यान्वयन हुनेमा उनीहरुले आशंका गरेका हुन् ।
पोखरामा सार्वजनिक सुनुवाई, नागरिकका सुझावप्रति महानगर सकरात्मक 
पोखरामा सार्वजनिक सुनुवाई, नागरिकका सुझावप्रति महानगर सकरात्मक  पोखरा महानगरपालिकाले नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सेवा प्रवाहदेखि विकास निर्माणका गतिविधिसम्मका विषयमा नागरिकको जिज्ञासा र सुझावलाई सम्बोधन गर्न गरिएको सुनुवाइमा विभिन्न महत्वपूर्ण प्रश्नहरू उठाइएका छन् ।  
Weather Update