News 24 Television
युवा पुस्ताको डरले एकतामा माओवादी र नेकपा एस
युवा पुस्ताको डरले एकतामा माओवादी र नेकपा एस जेनजी आन्दोलनले केपी ओली सत्ताच्यूत भएसँगै नेपाली राजनीति नयाँ परिस्थितिमा अघि बढिरहेको छ । राजनीतिक कोर्ष नयाँ ढंगले बढिरहँदा राजनीतिक दल पुनर्गठन र रुपान्तरणको बहसमा छन् ।
आस्थाको महापर्व छठ, नहाय खाय गर्दै शुरु
आस्थाको महापर्व छठ, नहाय खाय गर्दै शुरु मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको विधिवत् सुरुवात भइसकेको छ । तिहार सकिएलगत्तै धुमधामका साथ मनाइने छठका लागि यतिबेला तराई–मधेसमा व्यापक तयारी भइरहेको छ । पूजाका सामग्री किनमेलमा सर्वसाधारणहरु व्यस्त छन् भने विभिन्न ताल–तलैयाहरुलाई दुलही झैँ सजाइँदैछ ।
नेतादेखि कलाकारसम्मले मनाए भाइटीका, जेनजी प्रतिनिधि निरास
नेतादेखि कलाकारसम्मले मनाए भाइटीका, जेनजी प्रतिनिधि निरास विहिबार देशभर हर्षउल्लासका साथ भाइटिका मनाइएको छ । सर्वसाधारणदेखि भिआपीसम्मले भाइटिका लगाएका छन् । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा माइतीघर मण्डलामा तस्वीरमा माला लगाउँदै उनीहरुको स्मरण गरियो ।
वाम ध्रुवीकरणः प्रचण्ड, माधव र विप्लव एकता नजिक
वाम ध्रुवीकरणः प्रचण्ड, माधव र विप्लव एकता नजिक जेनजी आन्दोलनपछि मुलुककै ठुलो शक्तिका रुपमा रहेका वामपन्थी दलहरु कसरी अगाडि बढ्छन् भन्ने धेरैको चासो छ । बाम दलहरुमा सबै भन्दा ठुलो दलका रुपमा रहेको एमालेलाई जनता माझ जान पछिल्लो परिस्थितिका कारण सजिलो छैन । वामपन्थी दलहरु मध्येको दोस्रो र राजनीतिक दलहरुबीच तेस्रो शक्तीका रुपमा रहेको नेकपा माओवादी केन्द्र छठ...
झापावासी सताउँदै एशियन हाइवे ! सचेत नभए ज्यानकै जोखिम
झापावासी सताउँदै एशियन हाइवे ! सचेत नभए ज्यानकै जोखिम पूर्वी नेपाल क्षेत्रको काँकरभिट्टादेखि लौकहीसम्म १ सय २० किलोमिटर मध्ये अहिले ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नती कार्यले गति लिइरहेको छ । तर, झापाहुँदै अघि बढ्ने एसियन हाइवे खण्डमा निर्माण कार्यमा देखिएको चरम लापरबाही र डाइभर्सनको अव्यवस्थापनले यात्रुहरू मात्र होइन, यातायात व्यवसायीहरू समेत दैनिक सास्ती भोगिरहेका छन् ।
मौलिक देउसी–भैलोको दुर्लभ झलक ! चन्द्रपुरवासी संरक्षण अभियानमा
मौलिक देउसी–भैलोको दुर्लभ झलक ! चन्द्रपुरवासी संरक्षण अभियानमा तिहारमा खेलिने मौलिक देउसी–भैलो हाम्रो सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश हो । पहिलेको समयमा देउसी–भैलो दशैं र तिहारका अवसरमा गाउँ–गाउँमा युवा, बालबालिका र ज्येष्ठ नागरिक समूह बनाएर घर–घरमा गएर मौलिक देउसी भैलो भट्याएर देउसी खेल्ने चलन रहेको थियो । मौलिक बाजागाजा, मौलिक गीत रौनकनै बेग्लै हुने देउसी–भैलो अहिले हराउँदै गएको छ...
Weather Update