राजावादीले गरे काठमाडौँ उपत्यका बन्दको आह्वान
आइतबार, जेठ १८, २०८२
राजावादी लक्षित प्रचण्डको निर्देशन- इँटको जवाफ पत्थरले दिनुस् !
आइतबार, जेठ १८, २०८२
अध्यक्ष प्रचण्डले आफूहरु कसैलाई पनि आक्रमण गर्न नजाने र शान्तिपूर्ण आन्दोलन गर्ने बताए । उनले माओवादीमाथि कोही जाइलाग्छ भने त्यसलाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिँदै केही परे आफूहरु जिम्मेवार रहेको बताए । जरुरी परेको खण्डमा जस्तोसुकै विद्रोह पनि गर्न सकिने अध्यक्ष दाहालको चेतावनी थियो ।
‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा
आइतबार, जेठ १८, २०८२
सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आईतवार माईतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन जारी राखेका हुन् ।
ओलीको दाबीः पृथ्वीपथले अघि बढ्न सकिन्न, प्रधानमन्त्री पनि झोले ?
आइतबार, जेठ १८, २०८२
पृथ्वीपथको वकालत गर्दै प्रजातन्त्रको पक्षमा बोलेका पुर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री केपी ओलीले जवाफ फर्काएका छन् । पृथ्वीपथले काटमारबाहेक केहि नगर्ने जिकिर गरेका ओलीले मेलमिलाप र सहअस्थित्वको वकालत गरिरहेका छन् । यता, एमालेले पनि राष्ट्रिय शक्ति बन्ने दाबी गर्दै सबैखाले पर्हारलाई परास्त गर्ने भनिरहेको छ ।
राजावादी भित्रै फाटो छरपष्ट, नेतामाथि आन्दोलनको भारी भने चर्किदै !
आइतबार, जेठ १८, २०८२
काठमाडौंका सडकहरू फेरि एकपटक परिवर्तनको नारा बोकी गुञ्जिन थालेका छन् । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै केही समूह तीन दिनदेखि राजधानीका प्रमुख चोकहरूमा ¥यालीका रूपमा उर्लिएका छन् । आन्दोलनको मागमा एकरूप देखिएपनि दुर्गा प्रसाईं र राप्रपाबीचको दूरीले भने राजावादीहरुबीच द्वन्द्व झन् चर्किएको छ ।
सरकार र गणतन्त्रपक्षधरलाई राप्रपाको उल्लीबिल्ली, प्रचण्ड थप आक्रामक
आइतबार, जेठ १८, २०८२
राजावादी शक्ति, दल र समूह काठमाडौंमा राजसंस्था फर्काउने भन्दै आन्दोलनमा होमिएका छन् । गणतन्त्र दिवसको दिनदेखि आन्दोलन घोषणा गरेर सडकमा ओर्लिएका राजावादी शक्तिहरुले प्रदर्शन र चेतावनी दिदै गर्दा माओवादी केन्द्र आक्राम देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादी प्रदर्शनलाई जम्मा पारेको पैसा खर्च गर्ने मेलोको रुपमा अथ्र्याएका छन् ।
राजा...
कुशको नक्कली राजा भन्दै ओलीको कटाक्ष, राजतन्त्रको हुंकार वेमौसमी !
आइतबार, जेठ १८, २०८२
गणतन्त्र १८ वर्षको हुँदा नहुँदै यसविरुद्ध प्रश्नहरु उठिरहेका छन् । तर, के गणतन्त्रमाथि प्रश्न गर्ने बेला भएको हो ? गणतन्त्रको विकल्प खोज्नुपर्ने बेला भएको हो ? यसबारेका विवेचना चलिरहेका छन् । यता, नेताहरुले गणतन्त्रमाथि प्रश्न उठाउने बेला नभएको जिकिर गरिरहेका छन्, उता केही व्यक्तिहरु अहिलेका शीर्ष नेताहरुले राजनीति छाडेकै दिनबाट...
साताको लोकप्रीय
