कांग्रेस नेतृत्वकै पालिकामा ‘जनयुद्ध दिवस’ विदा
बिहीबार, फागुन १, २०८१
आफ्नै नाराले थिचिँदैछन् ओली, भ्रष्टलाई पश्रय दिँदा प्रश्नै–प्रश्न ?
बिहीबार, फागुन १, २०८१
वर्तमान सरकारमाथि भ्रष्टाचारलाई पश्रय दिइएको तथा सुशासन कायम गर्न असफल बनेको भन्दै कयौँ प्रश्न उठिरहेका छन् । सरकारको कामकारवाही र नियतमाथि हरेक दिन हरेक प्रकरणमा प्रश्न उठेसँगै सत्ता गठबन्धनमाथि नै संकट पैदा भइरहेको छ । हुनत सरकार बन्दै गर्दादेखि नै प्रतिपक्षले सडक र सदनबाटै यस प्रकारको प्रश्नहरु उठाइनै रहेका थिए...
विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्दैनौँ : थापा
बुधबार, माघ ३०, २०८१
सरकारद्वारा बीमा नियमावली स्वीकृत, के छन् अन्य निर्णयहरू ?
बुधबार, माघ ३०, २०८१
सरकारले बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ । माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको हो ।
त्यस्तै सरकारले एशियाली विकास बैंकको एशिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स एण्ड ल्ण्डा्सलाइड्स इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि प्राप्त हुने बीस लाख अमेरिकी डलर (करिव ने.रु. २७ करोड ७३...
गम्भीर अपराधमा छुट, सरकारको विरोध गर्नेलाई कारबाही ?
बुधबार, माघ ३०, २०८१
पछिल्लो समय केहि गम्भीर मुद्दाहरूमा राजनीतिक हस्तक्षेप र कानुनी प्रक्रियामा सम्झौता भइरहेको छ । बाँसबारी जग्गा प्रकरण र नाबालिकालाई घरेलु कामदार बनाएको आरोपमा सांसदहरूका विरुद्ध मुद्दा नचलाउने निर्णयले न्याय प्रणालीको निष्पक्षता र पारदर्शिताबारे गम्भीर सवाल उठाएको छ । यसले सत्तासाझेदारीको अस्वस्थ खेललाई उजागर गर्दे न्यायालयको इज्जत र कानुनी राज्यको अवधारणा...
अपराधकर्मका सरकारको दोहोरो नीति, आफ्नालाई छुट, अरुलाई कडाई
बुधबार, माघ ३०, २०८१
सुरक्षा व्यवस्थापनमा सरकार चुकेको आरोप लागिरहेको छ । सत्तासँग नजिक रहेकाहरुले जस्तोसुकै उन्मुक्ति पाउने गरेको आरोप पहिलेदेखि नै लागिरहेको छ । अझ सहकारी ठगी आरोपमा पूर्पक्षका लागि थुनामै रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले भाषण नै गरेर प्रभावित गर्ने काम गरेपछि यो विषय थप उदाङ्गिएको छ ।
भ्रष्टाचार विधयेकमा ओली किन असन्तुष्ट ?
बुधबार, माघ ३०, २०८१
भ्रष्टाचार विधयेक प्रतिनिसभामा पेश गर्नबाट सरकार पछि हटेको छ । मन्त्रिपरिषद्बाट हुने निर्णयलाई पनि अख्तियारको दायरामा ल्याउनुपर्ने भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भ्रष्टाचार विधयेकमा सरकारले राखिरहेको उल्झनमाथिका प्रश्न थप रोचक र पेचिला बन्न पुगेका छन् ।
भूमिसम्बन्धि अध्यादेशमा जसपाको अड्को, प्रचण्डलाई उपेन्द्रको भर !
बुधबार, माघ ३०, २०८१
सरकारले ल्याएको ६ मध्ये भूमिसम्बन्धि अध्यादेशमा जनता समाजवादी पार्टीले अस्वीकार गर्ने निर्णय गरेपछि केपी ओली नेतृत्वको बलशाली सरकारमाथिका नैतिक प्रश्न पेचिलो बनेको छ । भूमिसम्बन्धिको अध्यादेशमा राष्ट्रपति हुँदै देखिएको अवरोध राष्ट्रियसभासम्म देखिदा ओलीामथि नैतिक रुपमै सत्ता संकट देखिएको छ ।
माओवादी युद्ध हिंसा की जनयुद्ध ? यसैमा अल्झिँदै संसद र दलहरु !
बुधबार, माघ ३०, २०८१
तत्कालीन नेकपा माओवादीको नेतृत्वमा संचालित १० वर्षे सशस्त्र युद्धकै जगबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको मानिँदै आएको छ । माओवादीको उक्त युद्ध २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामार्फत शान्तिमा परिणत भएको थियो ।


