News 24 Television
फोहर पानीले नै जीवन धान्दै ! पखालाले धमाधम मृत्यु ! बेमतलबी सरकार !
फोहर पानीले नै जीवन धान्दै ! पखालाले धमाधम मृत्यु ! बेमतलबी सरकार ! सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमका मुसहर समुदाय फोहोरमै दिनचर्या चलाउनुपर्ने बाध्यतामा छन् । घरमा कलको सुविधा नभएकोले उनीहरू भाँडाकुँडा धुनेदेखि नुहाउनसम्मको कार्य लागि नदीमा जाने गर्दछन् । यतिमात्रै होइन, उनीहरु नदी छेउछाउमै दिशा पिसाब गर्दछन् । फोहोर पानीको प्रयोगले नै बस्तीमा झाडापखाला फैलिएको छ ।
विद्या फकाउँदै ओली, सहयोगको याचनासहित टेलिफोन !
विद्या फकाउँदै ओली, सहयोगको याचनासहित टेलिफोन ! विगतको गहिरो टकरावपछि अध्यक्ष ओलीले नै विद्यासँग संवादको ढोका खोलेका छन् । उनले टेलिफोनमार्फत नै अहिलेको राजनीतिक परिस्थितिमा तपाईको साथ आवश्यक रहेको भन्दै हयोगको प्रस्ताव राखेपनि जवाफमा विद्याले भने ओलीलाई नेतृत्व सहजिकरण गर्न सुझाएकी छन् । उनले अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको मर्म अनुसार पार्टीलाई अघि बढाउन पनि सुझाव दिएकी छन्...
सहकारी ठगीको फेरि अर्को ताण्डव ! ८८ करोड गायव ! आठ जना पक्राउ
सहकारी ठगीको फेरि अर्को ताण्डव ! ८८ करोड गायव ! आठ जना पक्राउ पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो । सहकारीको रकम अपचलन गर्ने आठजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
Weather Update