News 24 Television
सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने, बालेनलाई प्रधानमन्त्री बनाउने !
सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने, बालेनलाई प्रधानमन्त्री बनाउने ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट मुक्त भएलगत्तै राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन्। सहकारी ठगी प्रकरणमा लामो समय हिरासतमा रहेका लामिछाने यही पुस ४ गते रिहा भएका थिए। रिहाइपछि उनले राजनीतिक सक्रियता बढाएका हुन्।
शहिदपुत्र सन्दीप बने विद्यार्थी संगठनको संयोजक
शहिदपुत्र सन्दीप बने विद्यार्थी संगठनको संयोजक नेपालको विद्यार्थी राजनीतिमा ऐतिहासिक घटनाका रूपमा शहिदका सुपुत्रले पहिलोपटक विद्यार्थी संगठनको संयोजक (अध्यक्ष) पदको जिम्मेवारी पाएका छन्। जनयुद्धका शहिद सुन्दर र वृक्षाका सुपुत्र सन्दीप पुनलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा नियुक्त गरिएको हो । पार्टी नेतृत्वले विद्यार्थी संगठनलाई सशक्त बनाउने उद्देश्यसहित पुनलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ ।
सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन : महेश बस्नेत
सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैन : महेश बस्नेत नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ ।  सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताएका हुन् । उनले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था...
Weather Update