News 24 Television
नेताहरुको खेलाँचीले सम्भावना खेर ! हेर्दा राम्रो अवस्था, कृषिमा वेवास्ता
नेताहरुको खेलाँचीले सम्भावना खेर ! हेर्दा राम्रो अवस्था, कृषिमा वेवास्ता रुपन्देहीका दक्षिणी क्षेत्रमा कृषिको प्रशस्त सम्भावना भए पनि स्थानीय तहले खास प्राथमिकतामा नराखेको देखिएको छ । स्थानीय तहका अध्यक्ष–उपाध्यक्षले आफ्नो स्वार्थ अनुसार बजेट उपयोग गर्न खोज्दा कृषि शाखालाई न्यून बजेट छुट्याउने गरेको आरोप लागिरहेको छ । यसले ग्रामीण क्षेत्रमा कृषिलाई व्यवसायिक बनाउने कुरा नीतिमा सीमित बनेको छ ।
अर्थमा चुक्न थाल्यो सरकार ! राजश्व उठाउने निकाय भएनन् प्रभावकारी !
अर्थमा चुक्न थाल्यो सरकार ! राजश्व उठाउने निकाय भएनन् प्रभावकारी ! सरकार अर्थतन्त्रका क्षेत्रमा चुक्दै गएको छ । यस पटक पनि लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल देखिएको छ । राजश्वको यस्तो अवस्थाले चालु खर्च धान्न समेत कठिन पर्ने देखिएको छ ।
किसानलाई पीरः असारमा सुख्खा, कार्तिकमा वर्षा
किसानलाई पीरः असारमा सुख्खा, कार्तिकमा वर्षा गत असारमा सुख्खा हुँदा समयमा धान रोप्न नपाएका किसानले यसपाली धान भित्राउने बेला परेको पानीले ठूलो क्षति पुर्याएको छ । तीन दिनदेखिको वैमौसमी वर्षाले मधेश प्रदेशमा पाकेको धानबालीमा ठूलो नोक्सानी पुर्याएको हो ।
पुँजीगत खर्चमा भारी गिरावट, चालु खर्च बढ्यो
पुँजीगत खर्चमा भारी गिरावट, चालु खर्च बढ्यो सरकारी खर्चको हिसाब राख्ने अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु असोज १८ गते (मंगलवार) सम्म पुँजीगत शिर्षकमा छुट्टाइएको  ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरिएको मध्ये  २२ अर्ब खर्च भएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधीमा ३२ अर्ब ५६ करोड खर्च भइसकेको थियो ।
Weather Update