News 24 Television
गृहमन्त्रीको तनावले प्रहरीलाई हैरानी
गृहमन्त्रीको तनावले प्रहरीलाई हैरानी जेठ १५ गतेका लागि तय राजावादी आन्दोलनलाई काउण्टर दिनेगरी सत्ताधारी नेकपा एमालेले समेत प्रदर्शनको तयारी गरेपछि सुरक्षा चुनौति थपिएको छ । उक्त दिन काठमाडौं कब्जा गर्न प्रधानमन्त्री ओलीले एमाले कार्यकर्तालाई निर्देशन दिएपछि राष्ट्रिय मानव अधिकार आयोग लगायतका सरकारी अंङ्गले समेत गम्भीर आपत्ति प्रकट गरेको छ । गत चैत १५ गते...
गृहमन्त्रीकै कारण संसद बन्धकः बजेट कार्यक्रम अनिश्चयतर्फ, राजीनामा के होला ?
गृहमन्त्रीकै कारण संसद बन्धकः बजेट कार्यक्रम अनिश्चयतर्फ, राजीनामा के होला ? गृहमन्त्री रमेश लेखक पदीय गरिमा कायम गर्न नसकेको आरोपपछि राजनीतिक र नैतिक संकटमा फसेका छन् । कांग्रेस नेता लेखक राजनीतिक जीवनको उत्कर्षमा पुग्दै गर्दा अध्यागमनमा भिजिट भीसा सेटिङजस्तो गम्भीर आरोपमा फसेपछि उनको पदमात्रै धरापमा परेको छैन्, राजीनामा नदिंदा उनीमाथिको आरोप थप बलियो र जनतामा शंकासहित छरपष्ट हुन थालेको छ ।
भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन आयोग बनाउन रास्वपाको माग
भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन आयोग बनाउन रास्वपाको माग प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पती शुद्धिकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका हुन् ।
माओवादी युद्धमा कांग्रेस एमाले आक्रामकः प्रचण्ड–ओली तनाव चर्किने संकेत
माओवादी युद्धमा कांग्रेस एमाले आक्रामकः प्रचण्ड–ओली तनाव चर्किने संकेत माओवादी अहिले मध्यपहाडी क्षेत्रको अभियानबाट काठमाडौं आएको छ । देशभर अभियान सञ्चालनमा होमिएको माओवादीले जनतासंग साथ दिन अपिल गरिरहेको छ भने सरकारमाथि अनेक प्रश्नले प्रहार गरिरहेको छ । तर, सत्तारुढ दल कांग्रेस एमाले भने माओवादी युद्धबारेका टिप्पणीमा उत्रिन थालेका छन् । 
सत्ताको गणित बलियो, मनोबल कमजोर
सत्ताको गणित बलियो, मनोबल कमजोर सरकार ढल्दैन भन्दै अडिग देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको बोली चिया पसलदेखि संसद् भवनसम्म चर्चाको विषय बनिरहेको छ । तर, उनी जति पटक यो भनाइ दोहोर्याउँछन् त्यति नै पटक सरकार ढल्ने हो कि भन्ने जनमानसमा आशंका पैदा हुन्छ । लामो रस्साकस्सीपछि भएको गभर्नर नियुक्तिले सरकारको संकट टरे पनि सत्तारुढ प्रमुख...
भ्रष्टाचारमा पनि दलहरुको पक्षपोषण 
भ्रष्टाचारमा पनि दलहरुको पक्षपोषण  नेपालका राजनीतिक दलहरुले सुशासनको रटान निकै लगाउँछन् । आफ्ना दलका नेतृत्वकर्ताले बदमासी गर्दा बचाउमा उत्रिनेहरु फरक दलका नेतामाथि प्रश्न उठ्दा सदनदेखि सडकसम्म नै होक्रो फुलाइ फुलाई आलोचनामा उत्रिन्छन् । नयाँ र पुराना सबै  दलका नेताहरुमा यस्तै छेपारो प्रवृति देखिने गरेको छ ।
कांग्रेसभित्रैबाट राजीनामा माग, एमाले बचाउमाः रास्वपाको प्लान के बन्यो ?
कांग्रेसभित्रैबाट राजीनामा माग, एमाले बचाउमाः रास्वपाको प्लान के बन्यो ? गृहमन्त्री रमेश लेखक पदीय संकटमा फसेका छन् । कांग्रेसभित्रैबाट राजीनामा माग्नेदेखि बचाउ गर्नेसम्मका विषय आइरहेको बेला एमालेले पनि यसलाई सरकारको आन्तरिक विषय भनिरहेको छ । यो घटनाक्रम चलिरहँदा के अब भिजिट भीसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन बाध्य पारिएला त ?
देउवालाई फकाउन गृहमन्त्री प्रकरणमा एमाले मौन 
देउवालाई फकाउन गृहमन्त्री प्रकरणमा एमाले मौन  भिजिट भिसा प्रकरणमा मुछिएका सरकारका गृहमन्त्री रमेश लेखकको राजीनामा गर्नुपर्ने चौतर्फी दबाब बढिरहँदा सत्तारुढ एमाले सचिवालय बैठकले राजावादी आन्दोलनलाई छायाँमा पार्ने गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
Weather Update