तरबुजाको यस्तो चुलिलाग्दो मेला ! पहिले चाख्ने, मनपरे किन्ने !
शुक्रबार, जेठ २, २०८२
‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा
बुधबार, वैशाख ३१, २०८२
नेपालमा कृषि बिमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि बिमा’ नामक पुस्तक बजारमा आएको छ । बिमा बिज्ञ डा। रविन्द्र घिमिरे सहित शिव सुन्दर घिमिरे, डा। गिरी प्रसाद कँडेल र सुदिप पौडेलको संयुक्त लेखनमा उक्त पुस्तक बजारमा ल्याइएको हो । पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको छ ।
चैते धान रोपाइँले भ्याइनभ्याइ, धानैबाट पुग्दो आम्दानी !
बिहीबार, चैत ७, २०८१
कैलालीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । विशेषगरि कैलालीको भजनीका किसानलाई असारको रोपाइँ झैं चैत्रको रोपाइँको व्यस्तता छ ।
उखु अभावले चैत्रमै उद्योग बन्दको अवस्थामा, क्रसिङ्ग बन्द
शनिबार, चैत २, २०८१
उखु उत्पादनमा नेपालको भूमिका राम्रो रहेको तथ्याङ्कमा देखिएपनि उखु अभावको कारण देखाउदै उद्योग नै बन्द भएको छ । सर्लाहीमा संचालित वटै चिनी उद्योगले यो वर्षको क्रसिङ्ग बन्द गरेका छन । एक दशकअघिसम्म वैशाखसम्म चिनी उत्पादन गर्ने उद्योग यसवर्ष भने फागुनमै उखु अभावमा परेको बताइएको छ ।
तरकारी उत्पादनमा किसानलाई प्रत्साहन, ज्ञान–सीप एकैसाथ
बिहीबार, फागुन २२, २०८१
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ सानोचित्रे विशेष गरि तरकारी उत्पादनको राम्रो सम्भावना भएको स्थान हो । विशेष गरि काउली उत्पादनको सम्भावना झन उच्च देखिएपछि कृषि ज्ञान केन्द्र ओखलढुंगाले आईपीएम कृषक पाठशाला सञ्चालन गरेको थियो । ज्ञान केन्द्रले जिल्लामै पहिलो पटक सञ्चालन गरेको यो पाठशाला कृषकहरु माझ प्रभावकारी देखिएको छ ।
लाखौंको लगानी डामाडोल ! सरकारको पुगेन नजर
बुधबार, फागुन ७, २०८१
गाईको व्यवसायी पालनमा लागेका किसानहरु मारमा पर्न थालेका छन् । गाई फर्म नै दर्ता गरि व्यवसायमा लागेकाहरु सुरुवाति चरणमा धेरै सफल पनि भए । तर, मुुलकमा उचित व्यवस्थापन नहुँदा अहिले ऋणले थिच्न थालेको गुनासो उनीहरुको छ ।
कृषि एक्सपोका आकर्षण के ?
सोमबार, फागुन ५, २०८१
काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आईतवार सम्पन्न हुँदैछ । मेलाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
ओखलढुंगाको विगुटारमा कृषक मख्ख पर्ने वितरण केन्द्र
सोमबार, फागुन ५, २०८१
ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ स्थित भैरबटोलमा अघिल्लो दशैँदेखि हटिया लाग्दै आएको छ । प्रत्येक शनिबार र बुधबार हटिया लाग्ने यस ठाउँबाट तरकारी, फलफुल, कपडा र विभिन्न प्रकारका खाद्य सामग्री किनबेच हुने गरेको छ । सडकमै तरकारी फलफूल बिक्रि गर्दै आएका कृषकहरुलाई अहिले तरकारी तथा फलफूल बिक्रि वितरण केन्द्र स्थापना गरिएपछि...
किसान पीडाले छटपटीमा ! नेताहरु यस्तो मतिमा !
आइतबार, फागुन ४, २०८१
नेपालमा कृषिका लागि अत्यन्त आवश्यक रासायनिक मलको आपूर्ति हरेक वर्ष एक जटिल र समस्याग्रस्त प्रक्रियामा परिणत भइरहेको छ ।
स्याउ पकेटको योजनामा कैलालीको मोहन्याल
शुक्रबार, फागुन २, २०८१
उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ उत्पादन राम्रो हुन्छ । तर तराईको जस्तो गर्मी वातावरण रहेको कैलालीको मोहन्याल गाउँपालिका वडा न.६ ले वडामा स्याउ पकेट यरिया बनाउन परीक्षण सुरु गरेको छ ।
सिन्धुपाल्चोक, कार्कीटारका किसान तरकारी खेतीबाटै आत्मनिर्भर
शनिबार, माघ १९, २०८१
अरनिको राजमार्गस्थित जल्किनेबाट करिब आधा घन्टा पैदल हिँडेपछि पुग्न सकिन्छ सिन्धुपाल्चोकको कार्कीटार । बस्तीको बीचमा खेतका टार र हरियो देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ । छिटफुट बस्ती वरिपरि तरकारीले गाउँ नै हरियो देखिन्छ । आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिँचाइ र...
शुद्ध महको भव्य मेला ! स्वास्थ्यका लागि कमालको औषधि !
शुक्रबार, माघ ४, २०८१
कर्णाली मह उत्पादनका हिसाबले अब्बल प्रदेश मानिन्छ । जैविक विविधतायुक्त प्रदेश भएकाले हिमाली जडिबुटीयुक्त महका हसाबले पनि कर्णाली प्रख्यात छ । तर, यहाँका मौरी पालक किसानलाई महको बजार प्रातिमा समस्या रहेको छ ।
