मेयर बालेन फेल ! पर्दापछि कसको जालझेल ?
बिहीबार, असार १२, २०८२
कानून निर्माणमा देखिएन मेल, कतै रोकतोक कतै चलखेल !
बिहीबार, असार १२, २०८२
संसदको बजेट अधिवेशनबाटै धेरै कानून निर्माण गर्ने तयारी चलिरहेको बताइन्छ । तर, संसदीय समितिबाट पारित भई संसदमा पुग्नुपर्ने गरि अघि बढेका विधयेक संसदमा पुगेपनि अघि बढ्न सकेका छैनन् । कानून निर्माणमा भएको विलम्बले सुशासनको प्रश्नमा शंका चलिरहेको बेला किन सरकार संसदीय समितिबाट सर्वसम्मतिले पारित गराएर पठाएका विधयेकलाई होल्डमा राख्न चाहन्छ...
भित्रभित्रै सरकारको गञ्जागोल, ओली एक्लिदै, उपेन्द्र निक्लिदै !
बुधबार, असार ११, २०८२
सरकारमाथिको विश्वास घट्दो क्रममा छ, भने आलोचना चौतर्फि बढिरहेका छन् । यस्तो अवस्थामा केपी ओली नेतृत्वका सत्ता सहयात्रीहरुले नै साथ छोड्ने तयारी थालेका छन् । तर, आफ्नै पार्टीका नेताहरुबाटै आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले हार भने खाएका छैनन् । उनी अझै पनि निर्धक्क भनिरहेका छन्, सरकारको ध्यान काममा केन्द्रित छ ।
ओली–देउवाको छल गर्दा बबण्डर मच्चियो ! बजेट कै निहुँमा पौठेजोरीको खतरा
सोमबार, असार ९, २०८२
आर्थिक वर्ष २०८२\०८३ को बजेट माथि संसदमा छलफल जारी रहँदा जोडतोडले उठेको विरोधको आवाज हो, बजेट विनियोजनमा विभेद भयो । सत्तापक्षकै सांसदको पनि चरम असन्तुष्टि सुनिरहँदा बजेटमा विभेद खास कसरी र कहाँ भयो त ?


