News 24 Television
कुलेलाम ठोकेका नेताहरु फेरि सलबलाए ! हप्तादिन पछि नजर घुमाउँदै !
कुलेलाम ठोकेका नेताहरु फेरि सलबलाए ! हप्तादिन पछि नजर घुमाउँदै ! गत भदौ २३ र २४ गते भएको जेन–जी को प्रदर्शनका क्रममा मुलुकको अधिकांश सरकारी कार्यालयहरु खण्डहर बने । यसबाट बागमती प्रदेश पनि अछुतो रहन सकेन ।
मन्त्रीहरु अवलोकन फन्कोमा व्यस्त ! पुरानै शैली मौलाउने छनक ?
मन्त्रीहरु अवलोकन फन्कोमा व्यस्त ! पुरानै शैली मौलाउने छनक ? अन्तरिम सरकारका मन्त्रीहरु खरानी बनेका संरचनाको निरीक्षणमा जुटिरहेका छन् । ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनुपर्ने बाध्यताकाबीच अघि बढिरहेको सरकारका मन्त्रीहरु अवलोकन गर्ने, निर्देशन दिने र फोटो भिडियो खिचाउनमै समय खर्चिन थालेका छन् । के यसरी सरकारले आफ्नो लक्ष्य पुरा गर्न सक्ला त ? यो मन्त्रीहरुको लावालस्कर हो ।
पूर्वप्रधानमन्त्रीहरुको कन्तविजोग ! कोठा भाडामा दिने कसले ? को–कसको शरणमा ?
पूर्वप्रधानमन्त्रीहरुको कन्तविजोग ! कोठा भाडामा दिने कसले ? को–कसको शरणमा ? एकसाता अघिसम्म सर्वशक्तिमान रहेका केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड अहिले सडकमा बजारिन पुगे । भदौ २३ र २४ गते जेनजी आन्दोलनले यी तीन नेता सहित अन्य दर्र्जानौं नेतालाई घरवासविहीन बनाइदियो । निवर्तमान प्रधानमन्त्री ओली नेपाली सेनाको घेरा बाहिर आउन सकेका छैनन् ।
यसरी सफल हुन सकेन राजा फर्काउने योजना
यसरी सफल हुन सकेन राजा फर्काउने योजना भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मौकामा धमिलो पानीमा माछा मार्ने षड्यन्त्र विभिन्न पक्षले गरेका थिए । त्यसमध्ये वर्तमान राज्य ब्यवस्था नै समाप्त पारि राजतन्त्र फर्काउने योजनामा थिए राजावादीहरु । तर राजावादीहरुको योजना भने सफल हुन सकेन ।
Weather Update