News 24 Television
पोखरामा विमानस्थल नै बन्दको चर्चा ! वास्तविकता के ?
पोखरामा विमानस्थल नै बन्दको चर्चा ! वास्तविकता के ? पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्ष भइसक्दा पनि यस बारे विभिन्न आलोचना भइरहेका छन् । यस विमानस्थललाई लिएर सकरात्मक आशा र नकरात्मक चिन्ताहरु दुवै पक्षबाट कुराहरु उठ्न थालेको छ । 
गाउँपालिकाले नै बनायो जिपलाइन, गाउँको मुहार फेरिने विश्वास 
गाउँपालिकाले नै बनायो जिपलाइन, गाउँको मुहार फेरिने विश्वास  पछिल्लो समय स्थानीय पालिकाहरुले आर्थिक उपार्जनका लागि अनेक उपायहरु अपनाउन थालेका छन् । आफूसँग भएका प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दै पर्यटकीय क्षेत्रबाट त्यहाँका समुदायमा टेवा पु¥याउने उद्देश्यले उदेश्यले आफ्ना पालिकालाई पर्यटन हवको रुपमा विकास गर्न विभिन्न संरचनाहरु तयार गर्ने पालिकाहरुको होडबाजी नै चलेको छ । 
फेवा ताल जोगाउने उपाय, नारामै सिमित 
फेवा ताल जोगाउने उपाय, नारामै सिमित  पोखराको सुन्दरतासँगै पर्यटकीय पहिचान बनेको फेवाताल अतिक्रमण र प्रदूषणको चपेटामा परेको छ । ताल वरपर अवैध संरचनाहरू विस्तार भइरहेका छन् भने पानीको सतह घट्दो छ, तर संरक्षणका योजनाहरू भने कागजमै सीमित छन् । फेवातालले संरक्षण खोजिरहे पनि निरन्तररुपमा खुम्चीरहेको र दिनहुँ प्रदूषित भइरहेको हुँदा तालको अस्तित्व नै खतरामा परेको छ...
राज्यको ध्यान नपुग्दा मुगुका यस्ता पर्यटकीय स्थलहरु ओझेलमा 
राज्यको ध्यान नपुग्दा मुगुका यस्ता पर्यटकीय स्थलहरु ओझेलमा  मुगुको रारा ताल स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाईमा पर्ने पर्यटकीय स्थल हो । मुगुमा राराबाहेक अन्य धेरै धार्मिक तथा प्राकृतिक सम्पदाहरु छन् । तर रारा तालको ख्यातीका कारण यस जिल्लामा रहेका अन्य पर्यटकीय क्षेत्रहरु भने ओझेलमा पर्दै आएका छन् । 
छोटो दूरीको पदयात्राका लागि अष्ट्रेलियन क्याम्प 
छोटो दूरीको पदयात्राका लागि अष्ट्रेलियन क्याम्प  छोटो दूरीको पदयात्राका लागि उत्कृष्ट गन्तव्यको रूपमा कास्कीको अष्ट्रेलियन क्याम्प पर्यटकको रोजाईमा परेको छ । यहाँको रमणिय वातावरण र निकै मनोरम हिमश्रृंखलाको दृष्य देख्न पाईने भएकाले आन्तरिक होस् वा बिदेशी पर्यटक, कम्तिमा एक दिन भएपनि यहाँ बस्ने गरेका छन् । 
पोखरा–छेन्दु उडानको सम्भावना, उत्साहित पर्यटन व्यवसायी 
पोखरा–छेन्दु उडानको सम्भावना, उत्साहित पर्यटन व्यवसायी  चीनको छेन्दुबाट पोखरा र पोखराबाट छेन्दुमा सिधै व्यावसायिक चार्टर उडान शुरु भएसँगै दुवै देशका पर्यटन व्यवसायी उत्साहित भएका छन् । हप्ताको एक उडान गर्ने जनाईए पनि यसलाई हप्ताको तीन उडान बनाउनेतर्फ पोखराका सरोकारवाला निकायले छलफल तथा भेटघाटलाई तिव्रता दिएका छन् । 
पोखराभित्र मनमोहक ठाउँ, बेगनास पारि लुकेको यस्तो गाउँ  
पोखराभित्र मनमोहक ठाउँ, बेगनास पारि लुकेको यस्तो गाउँ   पर्यटकीय राजधानी पोखरामै भएर पनि ओझेलमा थियो, बेगनास ताल अनि चर्चामा थिएनन् वरिपरिका क्षेत्र । तर, अहिले बेगनास तालले आफ्नो रुपरंगै बदलेको छ ।
पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा उत्कृष्ट पर्यटनमन्त्रीको सम्मान 
पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा उत्कृष्ट पर्यटनमन्त्रीको सम्मान  जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टर नेशनल टुरिजम बोर्सी (आईटीबी) बर्लिन २०२५  मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ  । 
पर्यटन पुर्वाधार नहुँदा बराहताल सम्भावना हुँदा पनि ओझेलमा 
पर्यटन पुर्वाधार नहुँदा बराहताल सम्भावना हुँदा पनि ओझेलमा  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट करिब ३५ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ बराहताल । प्रदेश राजधानीबाट नजिकै रहेको जिल्लाकै ठूलो बराहताल उचित प्रचार प्रसार र पूर्वाधार विकास नहुँदा ओझेलमा परेको छ । सहज सडक सुविधा नहुँदा बराहतालमा पर्यटकको आगमन एकदमै न्यून छ । 
मिथिलाबाट सुरु भयो ‘जाँउ है पोखरा’ अभियान 
मिथिलाबाट सुरु भयो ‘जाँउ है पोखरा’ अभियान  होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष जनकपुरको मिथिला धामबाट शुभारम्भ गरिएको छ । 
पोखरामा विशाल मूर्तिसहितका मन्दिरहरु, धार्मिक पर्यटकको ओइरो !
पोखरामा विशाल मूर्तिसहितका मन्दिरहरु, धार्मिक पर्यटकको ओइरो ! केही वर्ष पहिलेसम्म पोखरा आउने धेरैजसो पर्यटक सराङकोट पुग्ने गर्थे । तर, अहिले सराङकोटमा पर्यटकको चाप भने पहिले जस्तो छैन । त्यसैले पर्यटकलाई पुरानै लयमा फर्काउन र धार्मिक पर्यटकीय क्षेत्र बनाउन नेपालकै ठुलो शिव मन्दिर तथा ५१ फिटको पञ्चमुखे गणेशको मूर्ति निर्माण गरिएको छ । केवलकारबाट सरर पुग्न सकिने सराङकोट...
अन्नपूर्णको मोहले विदेशी उर्लिए ! यस्तोसम्म मोहिनी रुप ! 
अन्नपूर्णको मोहले विदेशी उर्लिए ! यस्तोसम्म मोहिनी रुप !  अन्नपूर्ण हिमाल क्षेत्र पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य हो । यहाँ पछिल्लो वर्षहरुमा पर्यटको सख्या बढ्दै गएको छ । कोरोना कहर पछि यस क्षेत्रमा पर्यटकको संख्या बढी रहेको हो । सन् २०२३ को तुलनामा सन् २०२४ मा यहाँ ५२ हजार ४ सय भन्दा बढी पर्यटक भित्रिएका छन् । 
Weather Update