News 24 Television
सर्लाहीका किसानलाई तरुल खन्ने चटारो
सर्लाहीका किसानलाई तरुल खन्ने चटारो सर्लाहीमा बरहथवा नगरपालिका र बागमती नगरपालीकाको नदी तटीय क्षेत्रमा व्यावसायिक रुपमा तरुल खेती हुने गरेको छ । यस क्षेत्रका किसानलाई यतिखेर तरुल खन्ने चटारो छ ।
सुन्तला बेचेरै पोखरा महानगरमा १० करोड रुपैयाँ भित्रिदैं
सुन्तला बेचेरै पोखरा महानगरमा १० करोड रुपैयाँ भित्रिदैं अहिले सुन्तला खाने मौसम हो । नेपालमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको छ   पोखरामा पहिले धेरै ठाउँमा सुन्तला खेती भए पनि पछिल्लो समय घट्दै गएको देखिन्छ, तर थोरै ठाउँमा खेती भएपनि स्याहार सम्हार गर्ने कृषकहरुले भने सुन्तलाबाटै लाखौ आम्दानी गर्दै आएका छन् ।
गुणस्तरीय धान पाउनै मुस्किल, रुपन्देहीमा गोदाम रित्तै
गुणस्तरीय धान पाउनै मुस्किल, रुपन्देहीमा गोदाम रित्तै भैरहवास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाको गोदाम नै खाली भएको छ । खाद्य व्यवस्थाले यसवर्ष ५ हजार क्विन्टल साँवा मनसुली धान खरिद गर्ने लक्ष्य राखेको छ । तर, बजार भाउ भन्दा बढी मूल्य तोकिए पनि किसानले धान विक्री गर्न नआउँदा गोदाम नै खाली भएको हो...
रोग किराको प्रकोपबाट सुन्तला नष्ट
रोग किराको प्रकोपबाट सुन्तला नष्ट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाडाका किसानहरू सुन्तला उत्पादन घटेपछि चिन्तित छन् । विगतमा लाखौँको आम्दानी दिलाउने सुन्तलाखेती अहिले रोग र कीराको प्रकोपका कारण नष्ट हुँदै गएको छ ।
नेताहरुको खेलाँचीले सम्भावना खेर ! हेर्दा राम्रो अवस्था, कृषिमा वेवास्ता
नेताहरुको खेलाँचीले सम्भावना खेर ! हेर्दा राम्रो अवस्था, कृषिमा वेवास्ता रुपन्देहीका दक्षिणी क्षेत्रमा कृषिको प्रशस्त सम्भावना भए पनि स्थानीय तहले खास प्राथमिकतामा नराखेको देखिएको छ । स्थानीय तहका अध्यक्ष–उपाध्यक्षले आफ्नो स्वार्थ अनुसार बजेट उपयोग गर्न खोज्दा कृषि शाखालाई न्यून बजेट छुट्याउने गरेको आरोप लागिरहेको छ । यसले ग्रामीण क्षेत्रमा कृषिलाई व्यवसायिक बनाउने कुरा नीतिमा सीमित बनेको छ ।
Weather Update