News 24 Television
मार्फाको बागवानी केन्द्रले मनायो ६०औँ वार्षिकोत्सव
मार्फाको बागवानी केन्द्रले मनायो ६०औँ वार्षिकोत्सव मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आफ्नो स्थापनाको ६०औँ वर्ष पूरा गरेको अवसरमा वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । कार्यक्रममा केन्द्रले विगतदेखि गर्दै आएको फलफूल तथा तरकारी उत्पादन, गुणस्तरीय बिरुवा विकास, अनुसन्धान, प्रविधि प्रसार र कृषकसँगको सहकार्यका उपलब्धि प्रस्तुत गर्दै आगामी कार्यदिशा समेत सार्वजनिक गरेको छ ।
देशैभरका स्थानीय जनप्रतिनिधिको मुस्ताङमा जमघट
देशैभरका स्थानीय जनप्रतिनिधिको मुस्ताङमा जमघट भदौ १० गतेको तिब्बततर्फबाट भोटेकोशीमा आएको आकस्मिक बाढीले सबैलाई झस्काएको छ । यो बाढीले ठूलो धनजनको क्षति भयो । बाढीमा परेर अझै ५ हजार बढी नागरिक बेपत्ता छन् । खर्बौंको भौतिक संरचना क्षति भएका छन् ।
म्याग्दीको मालिका गाउँपालिका पर्यटकको रोजाईमा
म्याग्दीको मालिका गाउँपालिका पर्यटकको रोजाईमा म्याग्दीको मालिका गाउँपालिकाका प्राकृतिक तथा धार्मिक पर्यटनस्थल आन्तरिक पर्यटकको आकर्षण बन्दै गएका छन् । विभिन्न वडामा रहेका ताल, धुरी, धार्मिकस्थल र मनोरम प्राकृतिक दृश्यको संरक्षण तथा पूर्वाधार विकास गर्न सके गाउँपालिकालाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयको विश्वास छ ।
मिर्गौला रोगीलाई राहत, म्याग्दीमा थपिए डायलासिस मेसिन
मिर्गौला रोगीलाई राहत, म्याग्दीमा थपिए डायलासिस मेसिन म्याग्दीमा जटिल रोगका झण्डै तीन सय बिरामीमध्ये १६९ जना मिर्गौला रोगी छन् । बेनी अस्पतालमा २०७६ देखि डाइलाइसिस सेवा सञ्चालन हुँदै आएकोमा गण्डकी प्रदेश सरकारबाट थप तीन मेसिन प्राप्त भएपछि अहिले ४० जनाले डाइलाइसिस सेवा लिइरहेका छन् ।
धवलागिरीमा कृषि क्रान्ति : गाउँमै करौडौका सम्भावना !
धवलागिरीमा कृषि क्रान्ति : गाउँमै करौडौका सम्भावना ! म्याग्दीको धवलागिरी गाउँपालिका कृषि विकासको महत्वपूर्ण मोडमा रहेको छ । यहाँ उत्पादन हुने मकै, कोदो, आलु, फापर, खुर्सानी, सुन्तला र जडीबुटीले समृद्धिको आधार दिने संकेत देखाएका छन् ।
म्याग्दीका आलु उत्पादन किसान चिन्तित
म्याग्दीका आलु उत्पादन किसान चिन्तित नेपाल मात्रै होइन, विश्वमै सबैभन्दा बढी प्रयोग हुने तरकारीमध्ये आलु अग्रस्थानमा पर्छ । तराईको समथर भूभागदेखि समुद्री सतहबाट करिब ४४ सय मिटर उचाइसम्म आलु खेती हुने भएकाले नेपालका अधिकांश जिल्लामा यसको उत्पादन हुँदै आएको छ ।
जनताको माग प्राथमिकतामा, अधिकांस योजना अन्तिम चरणमा
जनताको माग प्राथमिकतामा, अधिकांस योजना अन्तिम चरणमा म्याग्दीको मंगला गाउँपालिकाले चालु आर्थिक वर्षका अधिकांश योजना कार्यान्वयनको अन्तिम चरणमा पु¥याएको छ । स्वीकृत १४९ योजनामध्ये ९५ योजना सञ्चालनमा छन्  जुन करिब ६४ प्रतिशत हो । कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुद र सामाजिक विकासलाई प्राथमिकता दिँदै आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
सहकारी स्थापनाः कृषकलाई ऋण र बजारीकरणमा हाइसञ्चो
सहकारी स्थापनाः कृषकलाई ऋण र बजारीकरणमा हाइसञ्चो म्याग्दीको पश्चिम मालिका गाउँपालिका ६ दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको स्थापना भएसँगै पश्चिम भेकमा स्थानीय कृषकहरू व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । वि.सं. २०७६ मा सहकारी स्थापना भएसँगै उत्पादन र बजारीकरणमा सहकारीले सहजीकरण थालिदिँदा कृषकलाई आफ्नो उत्पादनले बजार पाउनेमा ढुक्क भएसँगै आफ्नो व्यवसायलाई थप मजबुत बनाउन थालेका छन्...
Weather Update