News 24 Television
तोडिएन निषेधित क्षेत्र, सिंहदरबार भित्र सांकेतिक विरोध
तोडिएन निषेधित क्षेत्र, सिंहदरबार भित्र सांकेतिक विरोध चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्सेर राणा प्रहरी हिरासतमै छन् । आफ्ना नेता कार्यकर्तालाई छुटाउन दबाब दिनकै लागि राप्रपाले आइतबारदेखि आन्दोलन थालेको छ । निषेधित क्षेत्र समेत तोड्ने औपचारिक निर्णय नै गरेर राप्रपा आन्दोलनमा उत्रिएको छ...
हेर्दाहेर्दै ७ करोड स्वाह ! उद्योगीहरु डामाडोल !
हेर्दाहेर्दै ७ करोड स्वाह ! उद्योगीहरु डामाडोल ! गत हप्ता तीनदिनसम्म परेको अविरल वर्षाले रुपन्देहीमा सात करोडभन्दाबढी रुपैयाँ बराबरका काँचो इँट्टा नष्ट भएका छन् । वर्षाले दुईदर्जन बढी इँट्टा उद्योगमा पकाउनका लागि तयार पारिएको काँचो इँट्टा नष्ट भएको हो । 
काठमाडौँ र ललितपुरको जस्तै दोलखाको रातो मच्छिन्द्रनाथ रथयात्रा 
काठमाडौँ र ललितपुरको जस्तै दोलखाको रातो मच्छिन्द्रनाथ रथयात्रा  ऐतिहासिक सहर दोलखा बजारमा वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ जात्रा जारी छ । ९ दिनसम्म चल्ने मच्छिन्द्रनाथको जात्रा चैत शुक्ल पूर्णिमाको दिन गत शनिबारदेखि शुरु भएको हो । 
रोकिएन योगेशको आरोलो यात्रा, गृहजिल्लामै शैचालयमा थुनिँदो अप्ठेरो 
रोकिएन योगेशको आरोलो यात्रा, गृहजिल्लामै शैचालयमा थुनिँदो अप्ठेरो  केबलकार निर्माणको पक्षमा दृढ अडान लिएका भट्टराई कहिले आफ्नै जिल्ला प्रवेशमा रोक लाग्छ त कहिले शौचालयभित्र थुनिनुपर्ने अवस्था आइपर्छ । गत शुक्रबार भट्टराई पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेसहित हेलिकप्टर चढेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपमा आयोजित कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन कार्यक्रममा पुगेका थिए । तर, उनी त्यहाँ शौचालयभित्र थुनिनुपर्ने अवस्था आइपर्यो । 
लुम्बिनीका मुख्यमन्त्री भन्छन्- 'बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ'
लुम्बिनीका मुख्यमन्त्री भन्छन्- 'बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ' मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने सोच र योजना बनाएको भन्दै त्यसलाई अगाडी बढाउन आफूले पहल थालेको बताए । उनले रुपन्देहीको विकासको लागि स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार रहेको दाबी समेत गरे ।  
एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस आउँदै
एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस आउँदै एलओडी क्लबमा चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आउने भएका छन् । मंगलबार बैशाष ९ गते सो क्लबमा फुटबल खेलाडी कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।
Weather Update