News 24 Television
नेपाली सिनेमा ‘के घर के डेरा २’ आजदेखि देशभर रिलिज, प्रिमियरमा १८० र्‍यान्डम दर्शकको सहभागिता
नेपाली सिनेमा ‘के घर के डेरा २’ आजदेखि देशभर रिलिज, प्रिमियरमा १८० र्‍यान्डम दर्शकको सहभागिता निर्देशक दिपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न खोजेको छ।
८८ वटै स्थानीय तह एकसाथ आन्दोलित, मुख्यमन्त्री कार्यालय दबाबमा
८८ वटै स्थानीय तह एकसाथ आन्दोलित, मुख्यमन्त्री कार्यालय दबाबमा सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरू स्थानीय सेवा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहका कर्मचारीहरूले वैशाख २८ गतेदेखि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिँदै स्थानीय सेवा ऐन ल्याउन आग्रह गर्दैआएका छन् । 
माधव नेपालदेखि रवि लामिछानेसम्म, १० सांसदमाथि लागेका संगिन आरोप कस्ता ?
माधव नेपालदेखि रवि लामिछानेसम्म, १० सांसदमाथि लागेका संगिन आरोप कस्ता ? जनताको सर्वोच्च प्रतिनिधि संस्था संघीय संसद् अहिले आफैं जनविश्वासको कठघरामा उभिएको छ । न्यायका मञ्चमा जनताको प्रतिनिधिहरू एकपछि अर्को गर्दै प्रतिवादीको रूपमा पेश भइरहेका छन् । कसैलाई सहकारी ठगीले तान्यो, कसैलाई नक्कली शरणार्थीले त कसैलाई अर्बाैंको सार्वजनिक सम्पत्ति अपचलनले ।
लुम्बिनीमा संरक्षण प्रयोगशाला सञ्चालनमा, पुरातात्विक वस्तु सुरक्षित हुने
लुम्बिनीमा संरक्षण प्रयोगशाला सञ्चालनमा, पुरातात्विक वस्तु सुरक्षित हुने बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी संग्रहालयमा संरक्षण प्रयोगशाला अर्थात कन्जरभेसन ल्याब सञ्चालनमा आएको छ । बुद्ध जीवनीसँग सम्बन्धित सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिको संरक्षण, अभिलेखीकरण र संरक्षण गर्ने उद्देश्यले संरक्षण प्रयोगशाला संचालनमा ल्याइएको हो । 
सगरमाथा संवाद : नेपालका नेता असन्तुष्ट, विश्व आगन्तुकका कुरा कस्ता ?
सगरमाथा संवाद : नेपालका नेता असन्तुष्ट, विश्व आगन्तुकका कुरा कस्ता ? सरकारले सगरमाथा संवादलाई औपचारिक रुपमा शुभारम्भ गर्दै जलवायु परिवर्तन र यसको हिमालसम्म परेको प्रभावबारे विमर्श जारी राखेको छ । संयुक्त राष्ट्रसंघका प्रमुखदेखि विभिन्न देशका प्रतिनिधिले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिनुपर्ने जिकिर गरिरहेका छन् भने, मानव सभ्यताका लागि समेत मिलेर काम गर्नुको विकल्प नभएको आवश्यकता औल्याइरहेका छन् । 
बागमतीमै दया लाग्दो दुर्गम, गाउँपालिकाभर छैन कालोपत्रे ! 
बागमतीमै दया लाग्दो दुर्गम, गाउँपालिकाभर छैन कालोपत्रे !  मुलुकमा संघीयता कार्यान्वयन भएपछि विकासका लहरहरु गाउँ÷गाउँसम्म पुगे । सडक नभएका स्थानहरुमा सडक सञ्जाल, टुकीको सहारामा जीवन धान्दै आएका बस्तीमा विद्युतका पोल, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुको पुहँच नागरिकहरुसम्म पुग्यो । तर, प्रदेशकै राजधानी रहेको मकवानपुरको एउटा स्थानीय तह, जहाँ अहिलेसम्म पनि सडक कालोपत्रे भएको छैन  । 
वत्ति जानुमा दोष कसको ? कुलमान सम्झिने सर्वसाधारणलाई हितेन्द्रको जवाफ
वत्ति जानुमा दोष कसको ? कुलमान सम्झिने सर्वसाधारणलाई हितेन्द्रको जवाफ झ्याप्प झ्याप्प विजुली जाँदा सर्वसाधारणले भनिरहेका छन्, कुलमान घिसिङ नहुँदा लोडसेडिङ हुन थाल्यो । घण्टौंसम्म विजुली जाने कुराले सर्वसाधारण पेरि लोडसेडिङ हुन लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । के कुलमान नभएकै कारण विद्युत समस्या आउन थालेको हो ? प्राधिकरणले सार्वजनिक रुपमै यसबारे जानकारी गराएको छ । 
म्याक्स हस्पिटलद्वारा आयोजित 'कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम' (CME) सम्पन्न
म्याक्स हस्पिटलद्वारा आयोजित 'कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम' (CME) सम्पन्न भारतको प्रतिष्ठित बीएलके म्याक्स सुपर स्पेशलिटी  हस्पिटलद्वारा  आयोजित कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)  आज साँझ काठमाण्डौको होटल हिल्टन नक्सालमा भव्य रूपमा सम्पन्न भएको छ। यो कार्यक्रम नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न विभिन्न विभागका विशिष्ट चिकित्सक, विशेषज्ञ तथा सर्जनहरूको उपस्थिति रहेको उक्त कार्यक्रम  अत्यन्तै सफलतापुर्बक  सम्पन्न बनेको छ ।
सधैँ पद हस्तान्तरण मिति दोहोर्याइरहने ओली, कहिले र कहाँ–कहाँ के भने ?
सधैँ पद हस्तान्तरण मिति दोहोर्याइरहने ओली, कहिले र कहाँ–कहाँ के भने ? काँग्रेस र एमालेले सत्ता सहकार्य गर्दा देखि नै आधा–आधा कार्यकालको समझदारी गरेका थिए । हुनत विपक्षीले सुरुकै दिनदेखि काँग्रेस एमालेको सहकार्यमा शंका गर्दै पूरा कार्यकाल सरकार चल्न नसक्ने दावी गरेका थिए । यद्यपि सत्ता गठबन्धन टिकिरहेकै अवस्था छ । 
Weather Update